१४ मंसिर, २०७५ |
तपाईं पुस्तक निकाल्दै हुनुहुन्छ ? ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आईएसबीएन) लिन अब त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयसम्म धाइरहनु नपर्ने भएको छ ।
अब अनलाइनबाटै फारम भरेर ‘आईएसबीएन’ लिन सकिने उपत्यका बाहिरबाट काठमाडौंसम्म धाउनु नपर्ने भएको पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिका...बाँकी
१४ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
एउटा विदेशी धार्मिक एनजीओको कार्यक्रम गराउन जनतामाथि अत्याचार हुने गरी ४ दिनका लागि सरकारले लादेको जोर–विजोर प्रणाली चौतर्फी जनविरोधका कारण दोस्रो दिनमै तुहिएको छ ।
सरकारले शुक्रबार बिहान ११ बजेदेखि नै लागू हुने गरी जोर–विजोर प्रणाली हटाएको जानकारी ट्राफिक प्रहरी महाशाखाले दिएको छ । विवादास्पद एन...बाँकी
१३ मंसिर, २०७५ |
काठमाडौं, १३ मंसिर ।
चौतर्फी नागरिक विरोधका वावजुद एउटा विदेशी धार्मिक एनजीओका कार्यक्रममा नेपालका सरकारी संयन्त्रहरुले अनौठो तमासा देखाइरहेका छन् ।
गृह मन्त्रालयले ४ दिन सवारी साधनमा जोर–विजोर प्रणाली लागू गरेर नागरिकलाई सास्ती दिएको छ भने सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (राससले) ले ५ दिनका लागि आफ्ना स...बाँकी
१३ मंसिर, २०७५ |
दमौली, १३ मङ्सिर ।
तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला परेका छन् । एक हप्तादेखि बेपत्ता रहेका उनी बुधबार साँझ व्यास नगरपालिका– १३, बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।
नेपाली कांङ्ग्रेसको रिसिङ गाउँपालिका– १, का सदस्य समेत रहेका ६६ वर्षीय आले मङ्सिर ५ देखि ...बाँकी
१२ मंसिर, २०७५ |
गौशाला, १२ मङ्सिर ।
आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ मा आफ्नै श्रीमती सञ्जुदेवी साहको ह...बाँकी
१२ मंसिर, २०७५ |
विराटनगर, १२ मङ्सिर ।
भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङ्कर चालकलाई नेपाल आयल निगम विराटनगरले कारबाही गरेको छ ।
भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नम्बरको ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटामै २ हजार ४ सय ८४ लिटर डिजल चोरी गरी बिक्री गरेको जानकारी विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले दिएक...बाँकी
१२ मंसिर, २०७५ |
दुल्लु, १२ मङ्सिर ।
सुर्खेतबाट ठाटीकाँध गाउँपालिका– ३, बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप बुधबार बिहान ८ बजे दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । सोही गाउँपालिका– ३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ व...बाँकी
११ मंसिर, २०७५ |
तौलिहवा, ११ मङ्सिर ।
नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारतको सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ ।
बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाक...बाँकी
११ मंसिर, २०७५ |
काठमाडौं, ११ मङ्सिर ।
पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आ.व. मा ‘मापसे’ गरी सवारी साधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आ.व. २०७४/७५ मा ३ सय २६ महिलाले म...बाँकी
११ मंसिर, २०७५ |
चरिकोट (दोलखा), ११ मङ्सिर ।
जिरी नगरपालिका– ९, ठूलोपातल, सल्लेका ३५ वर्षीय तस्बिर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।
ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतीमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्...बाँकी