४ मंसिर, २०७५ |
कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उपाध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डा. दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केस...बाँकी
४ मंसिर, २०७५ |
काठमाडौं, ४ मङ्सिर ।
लागूऔषध र पेस्तोलसहित प्रहरीले मंगलबार राजधानीबाट दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका– ३२, जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज ११ प ४८६६ नम्बरको मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका– ३, सर्लाहीका २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागूऔधष (नाइट्रभेट) ...बाँकी
४ मंसिर, २०७५ |
चिप्लेढुङ्गा (पोखरा), ३ मंसिर ।
धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करिव १० अर्ब रूपैयाँको लागतमा केबलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ ।
पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबलकार निर्माणको प्रक्रिय...बाँकी
३ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘पार्टी पुनर्गठन दिवस’ का अवसरमा ८ मंसिरमा राजधानीमा व्यापक शक्ति प्रदर्शनसहित वृहत् जनसभा आयोजन गर्ने भएको छ ।
सो पार्टीले उक्त सभा र प्रदर्शनलाई मध्यनजर गरेर विभिन्न खाले तयारी र प्रचारप्रसार तीव्र पारेको छ । जनसभाको व्यवस्थित प्रचार...बाँकी
३ मंसिर, २०७५ |
काठमाडौं, ३ मंसिर ।
झन्डै एक महिनादेखि नबसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक यसै सता बस्ने तयारी भएको छ ।
प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनहरुको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची तय र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर...बाँकी
२ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाताा
नेपालका प्रखर बौद्धिक व्यक्तित्व प्राध्यापक डाक्टर कमलप्रकाश मल्लको निधन भएको छ ।
अमेरिकाको एटलान्टामा शनिबार राति ११ः५० मा उनको निधन भएको जानकारी पारिवारिक आफन्तजनले दिएका छन् । प्रा.डा. मल्ल लामो समयदेखि स्नायुसम्बन्धी रोग ‘पार्किन्सन्स’ र विस्मृतियुक्त रोग ‘अल्जाइमर्स’ बाट पीडित थिए ।
वि.सं...बाँकी
२ मंसिर, २०७५ |
कृष्णनगर, २ मङ्सिर ।
कपिलवस्तुको शिवराज नगरपालिका– ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । जमिरुल्लाह पशुसरह जीवन बिताउन बाध्य छन् ।
दिनभरि साङ्लोमा बाँधिएर उनी खुला आकाशमुनि उभिन्छन्, बस्छन्, खाना दिए खान्छन् नत्र त्यसै बसिरहन्छन् । उनलाई उनकै परिवा...बाँकी
३० कार्तिक, २०७५ |
राँझा, ३० कात्तिक ।
नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा बम राखेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
‘दयालू’ भन्ने प्रदीप ओलीलाई पुष्पलालचोक नजिकबाट शुक्रबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले पुष्टि गरेका छन् । पक्राउ परेका व्यक्ति ‘हामी नेपाली ह...बाँकी
३० कार्तिक, २०७५ |
दार्चुला, ३० कात्तिक ।
मालिकार्जुन गाउँपालिका– ३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।
रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया गएका धामी बिहीबार बिहान ४ बजे मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ । धामी एक होटल नजिकै मृत फेला परेका थिए ।
उनको मृत्यु कसरी भयो भन्नेबार...बाँकी
२९ कार्तिक, २०७५ |
नारायण अधिकारी
चितवन राष्ट्रिय निकुञ्जका एकसिङे गैंडा नजिकैका वस्तीसँगै सहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । गैंडा नियमितजसो वस्तीमा आउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
निकुञ्जमा गैंडाको संख्या बढेसँगै वासस्थानको समस्याले ती गैंडा वस्ती पसेको अनुमान गरिएको छ । चितवनको प्रमुख सहर नारायणग...बाँकी