newskoseli.Com

कम्बोडियाका उपप्रधानमन्त्रीको निधन

कम्बोडियाका उपप्रधानमन्त्री सोक एनको ६६ बर्षको उमेरमा बुधबार निधन भएको छ । “संसदका सदस्य, उपप्रधानमन्त्री सममेच भिवोल पान्हा सोक एनको सन् २०१७ को मार्च १५ का दिन १८.३२ बजे वेईजिङ अस्पतालमा ६६ बर्षको उमेरमा निधन भएको छ,” सरकारद्वारा जारी शोक वक्तव्यमा लेखिएको छ । सोक कम्बोडियोको अत्यन्त ...बाँकी

मलेरियाबाट मार्चभित्रै १४ को मृत्यु,, ७ हजार बिरामी

स्वास्थ्यमन्त्री बर्नाड हाउफिकुले मलेरियाका कारण मार्च महिनामा १४ जनाको मृत्यु हुनुका साथै करिव ७ हजार नागरिक बिरामी भएको बताएका छन् । मङ्गलबार सञ्चार माध्यमसँग मलेरिया समस्याबारे कुराकानी गर्दै हाउफिकुले भने– मलेरियाका कारण हजारौं नामिबियाली नागरिक बिरामी हुनुका साथै १४ जनाको मृत्यु भएपछि नामिबि...बाँकी

युद्धमा मारिए ३ लाख २० हजार !

सिरियामा जारी युद्धमा ६ वर्षको अन्तरालमा मृत्यु हुने नागरिकको सङ्ख्या ३ लाख २० हजार पुगेको सिरियाली मानवअधिकार समूहले सोमबार जनाएको छ । उक्त मानवअधिकारवादी संस्थाले आफ्नो तथ्याङ्कमा जनाएअनुसार ३ लाख २० हजार मृतकमध्ये १७ हजार ४ सय बालबालिका र ११ हजार महिला रहेका छन् । तथ्याङ्कमा सरकारी सुरक्षा बल...बाँकी

कोइलाखानीमा दुर्घटना : १७ चिनियाँ कामदारको मृत्यु

एउटा कोइलाखानी रहेको लिफ्टमा भएको दुर्घटनामा १७ चिनियाँ मजदुरहरुको मृत्यु भएको छ । चीनको उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङजिआङ प्रदेशमा राज्यद्वारा सञ्चालित कोइलाखानीमा दुर्घटना भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । घटना बिहीबार भएको र उनीहरुलाई उद्धार गर्न पुगेका उद्धारकर्मीहरुले सोमबार उन...बाँकी

सेप्टेम्बरमा व्यवस्थापिका संसद्को निर्वाचन हुने

जनवादी गणतन्त्र चीन अन्तर्गगतको विशेष प्रशासनिक क्षेत्र (एसएआर) – मकाओमा आगामी १७ सेप्टेम्बरका दिन छैठौं विधान सभाको निर्वाचन सम्पन्न गरिने भएको छ । मकाओ एसएआरका राजनीतिक कार्यकारी प्रमुख चुइ साइ ओङ्ले आज जारी गरेका एउटा प्रशासनिक आदेशमार्फत् उक्त संसदीय निवार्चनको मिति घोषणा भएको छ । मकाओ कार्य...बाँकी

आधाभन्दा बढी अमेरिकी अझै पनि ट्रम्पप्रति आशावादी

अमेरिकाका आधाभन्दा बढीअर्थात् ५४ प्रतिशत नागरिक अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आशावादी नै रहेका छन् । पछिल्लो एक सर्वेक्षणको नतिजाअनुसार ट्रम्पले अमेरिकालाई राम्रो र सम्बृद्ध गराउने उनीहरुले विश्वास व्यक्त गरेका छन् । तर विगतका सर्वेक्षणको नतिजासँग तुलना गर्दा यसरी आशावादी हुनेको स...बाँकी

पटाका कारखानामा आगलागी ५ काे मृत्यु

दक्षिणी भारतीय राज्य तामिल नाडुमा अवस्थित एक पटाका कारखानामा भएको आगलागीमा परी कम्तीमा ५ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिए । तालिम नाडुको प्रान्तीय राजधानी चेन्नाई सहरबाट ४३ किलोमिटर दक्षिणमा रहेको बिरुधुनगार जिल्लामा रहेको सिभकासी सरहमा अवस्थित पटाका कारखानामा आगलागी भएको जनाएको छ । ...बाँकी

बोको हराम समूहले बन्धक बनाएका २ सय११ को उद्धार

नाइजेरियाली सरकारी सुरक्षाकर्मीले मुलुकको उत्तरपूर्वी राज्य ब्रोनोमा नाइजेरियाली बोको हराम समूहद्वारा बन्धक बनाइ राखेका २सय ११ जनालाई उद्धार गरेको सैनिक अधिकारीले आइतबार बताएकाे छ  । ‘अपरेसन लाफिमा डोल’ नाम दिइएको ‘२२ ब्रिगेड ग्यारिसन’द्वारा किङ्गाल मुर्रे र माजा गाउँमा सञ्चालित सुरक्षा का...बाँकी

पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

इथियोपियाको राजधानी अदिस अबाबानजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४६ पुगेको छ । यस पहिरोमा परी अन्य दर्जनौ घाइते भएका अधिकारीहरुले सोमबार जानकारी दिए ।यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिहरुमा ३२ महिला र १४ पुरुष रहेका र ती मध्ये केही बालबालिकासमेत रहेका बत...बाँकी

बम हमलामा २२ को मृत्यु

हुथी विद्रोहीले शुक्रबार गरेको बम आक्रमणमा परी यमनमा २२ जनाको मृत्यु भएको छ । यमनको होडेइडा प्रदेशको पश्चिमी क्षेत्रमा पर्ने खोखा बजारमा भएको बम हमलामा परी ८ जना घाइते भएको यमनी समाचार समिति साबाले जनाएको छ । घटनापछि यमनी आकाशमा उडिरहेका जेट विमानहरुबाट भयभीत भएकाले स्थानीय उक्त घटनामा परेर घाइते भ...बाँकी