नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल ‘मुठभेड’ मा मारिएको प्रहरीको दाबी छ । लालबन्दी नगरपालिका– १, लखन्तीखोला, सर्लाहीमा बिहीबार दिउँसो मुठभेड भएको प्रहरीको भनाइ छ ।
राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो तर मुठभेड भएर नै यस्तो भएको हो भन्ने विश्वास गर्न गाह्रो छ । बाटामा हिँडिरहेका मान्छेलाई शंकाका आधारमा प्रहरीले ‘अवश्य’ गोली चलाउँदैन । ‘विप्लव समूह’ का व्यक्तिहरुले पहिले गोली चलाएका हुन् भने प्रहरीलाई पनि चोटपटक लाग्न सक्थ्यो, सुरुमा फायरिङ गर्नेले केही पनि गर्न नसक्ने तर जवाफी कारबाही गर्नेले मान्छे ठहरै पार्ने अनौठो उदाहरण बिहीबारको घटनाले देखाएको छ । प्रहरीसँग यस्तो कौशल विरलै देखिने गर्छ ।
वास्तवमा विप्लव नेकपाप्रति सरकारको नीति नै प्रस्ट छैन । विस्फोटका घटना बढ्दै जाँदा सतर्क रहन सुरक्षा निकायलाई निर्देशन दिनेबाहेक गृहले यो प्रकरणमा विशेष योजना बनाउन सकेको छैन । उल्टो सरकारी संयन्त्रहरूलाई नै अलगथलग र कमजोर बनाइएको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
यी समाचार पनि पढ्नुहोस्–
प्रहरीद्वारा गोली हानी विप्लवका जिल्ला इन्चार्जको हत्या !
विप्लवले आह्वान गरे असार १० मा नेपाल बन्द : इन्चार्ज हत्याविरुद्ध आन्दोलनको घोषणा