newskoseli.Com

बिहेमा पटका पड्काउँदा जरिवाना

बिहे जस्ता जीवनको महत्वपूर्ण खुसियाली समारोहमा पटका पड्काउनु सामान्य मानिए तापनि कहिलेकाहीँ पटका पड्काउँदा दुर्घटना समेत हुने गरेको छ ।
त्यसैले हामीकहाँ पनि पटका पड्काउने कुरामा कडाइ गरिएको हुन्छ । तर कडाइको पनि हद हुन्छ । पटकामाथि कडाइको मामिलामा सरकार यो हदसम्म गएको कुरा चाहीँ अलिक अनौठो नै हो ।

पाकिस्तानको पन्जाब प्रान्तमा अबदेखि बिहेमा पटका पड्काउने वा आतिसवाजी गर्न पाइनेछैन । बिहेमा पटका पड्काएमा लगभग ३२ लाख रुपैयाँ बराबर जरिवाना तिराइने भएको ।

बिहेमा पटका पड्काउन मात्र होइन दाइजोमा पनि पूर्ण रूपमा बन्देज लगाइएको छ । पन्जाब प्रान्तीय सरकारले ल्याएको नयाँ बिहे नियम अनुसार कानून नमान्नेलाई थप जरिवाना तथा जेल सजाय समेत हुनेछ ।

नयाँ नियम अनुसार अबदेखि बिहे भोजमा एकभन्दा बढि पक्वान समेत बनाउन पाइने छैन । पन्जाब विधानसभाले हालै यो कानूनलाई पारित गरिसकेको छ ।

बिहे समारोहमा ठूलो आवाज निकालेर गित बजाउँदै छिमेकीलाई डिस्टर्ब गर्नु पनि अपराध मानिनेछ । बिहेको पूरै समारोह राति १० बजे अगावै सक्नुपर्ने नियम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर