newskoseli.Com

प्रेमिकाको पाइन्टमा १२ वर्षदेखि प्रेमीले तल्चा लगाइराख्दा…

सुन्दै अचम्मलाग्दो कुरा, तपार्इं पत्याउनुहुन्न होला । तर, एक पुरुषले आफ्नै प्रेमिकाको पाइन्टमा ताला ठोकिदिएका छन् । आफूभन्दा निकै राम्री प्रेमिका अरु केटासँग बरालिने शंका गर्दै ती पुरुषले प्रेमिका आफूबाहेक अरु पुरुषसँग नजाउन् भनी पाइन्टमा ताला ठोकेका हुन् ।

मेक्सिकोका ४० वर्षे ती पुरुषले आफ्नी २५ वर्षकी प्रेमिकाको पाइन्टमा ताला लगाइदिएको घटना केही अघि सार्वजनिक भएको हो । पाइन्टमा प्रेमीले ताला लगाइदिएका कारण आफूले दिनमा घन्टौंसम्म शौचालय जान समेत नपाएको भन्दै ती युवती प्रहरीसमक्ष पुगेपछि घटनाको पर्दाफास भएको हो ।

प्रेमीले आफ्नो पाइन्टमा १२ वर्षदेखि ताला ठोक्दै आएको र उसैको उपस्थितिमा मात्र प्रेमीले ताला खोलिदिएर आफ्नो ुइच्छाु पूरा गर्ने अनि त्यही बेला मात्र आफूले शौचालय जान पाउने तर प्रेमी अन्यत्र भएका बेला आफू शौचालयसम्म जान नपाउने उनको दुःखेसो थियो ।

प्रेमीको डरले आफूले ताला तोड्ने हिम्मत नगरेको उनले बताइन् । युवतीको उजुरीपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको छ । प्रेमिकाको पाइन्टमा लगाएको तालाको साँचो उनले प्रहरीलाई दिएपछि प्रहरीले ताला खोलिदिएको सीएनएनमा प्रशारित समाचारमा उल्लेख छ ।

प्रहरीले ती युवकविरुद्ध दूराचारको अभियोगमा मुद्दा चलाउने प्रयास गरेपछि युवतीले जाहेरी दिन अस्वीकार गरिन् र उनीमाथि मुद्दा चलेन, ती पुरूष घन्टाभित्रै हिरासतमुक्त भए । तर, ती युवकले अब आफूले प्रेमिकाको पाइन्टमा ताला नलगाउने लिखित प्रतिबद्धता गरेका छन् । सुरक्षाको कारण देखाउँदै ती प्रेमी–प्रेमिकाको नाम सार्वजनिक गरिएन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर