newskoseli.Com

आफ्नो पति ठानेर अर्कैसँग सुहागरात !

विवाहका दिन नवविवाहिता बेहुलीलार्इ सुहागरातका निम्ति कुरिरहेका छन् बेहुला पति । तर, पत्नी भने भूलवश अर्कैको ओछ्यानमा पुगेपछि के होला हालत ?

सुन्दा त यो घटना हुनै नसक्ने जस्तो लाग्छ । तर, एक युवती आफ्नो सुहागरातका दिन झुक्किएर परपुरूषको ओछ्यानमा पुगिन् र उनै परपुरूषसँग शारीरिक सम्बन्ध राखिन् ।

‘इ चाइना सिटिज’ का अनुसार चीनको गुआन्जी प्रान्तमा विवाहको रात दुलही भूलवश आफ्नो नवविवाहित बेहुलाको कोठा ठानेर अर्कैको कोठामा पुगिन् । विवाहमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका पुरूषको कोठामा गल्तीले पुगिन् ती दुलही । र, उनै मध्यस्तकर्तासँग याैनक्रिडा समेतमा मस्त भइन् ।

भाेलिपल्ट बिहान उठ्दा जब ओछ्यानमा अर्कै पुरूषलाई देखिन् तब उनी चिच्याइन् र आफूमाथि बलात्कार भएको दावी गर्न थालिन् । यो घटना अदालतसम्म पुग्यो र अाफू बलात्कार भएको दावी गर्ने ती युवतीको आरोपलाई अदालतले बेवास्ता गरिदियो ।

आखिर कसरी पुगिन् त बेहुली अर्कैको ओछ्यानमा ?

वू र हुआंगबीच विवाह भयो । विवाहका दिन रूआन नाम गरेका मध्यस्तकर्ता वूकै घरमा बसे । वू लगायत उक्त गाउँका मानिस गरिव भएकाले घरभित्रका कोठा छुट्याउन पर्खाल नभई पर्दा हाल्ने गर्छन् । यस्तै पर्दा हालेर बनाइएको एक कोठामा नवविवाहित जोडी सुत्ने प्रबन्ध गरियाे भने अर्काे कोठामा रूआन सुते ।

राती हुआंग बाथरूम गइन् र फर्किइन् । आफ्नै पतिको कोठा ठानेर गल्तीले उनी रूआनको कोठामा पुगिन् र वू सम्झेर रूआनलाई ‘माया गर्न’ थालिन् । यसरी एक युवतीले ‘माया’ गर्न थालेपछि रूआन पनि पग्लिए र उत्तेजित भएर हुआंगलाई ‘माया गर्न’ थाले । यसबीचमा उनीहरूबीच शारीरिक सम्बन्ध समेत भयो र उनीहरू सुते ।

बिहान जब हुआंग उठिन्, उनले आफूलाई रूआनको ओछ्यानमा पो सुतेको पत्तो पाएपछि चिच्याइन् । त्यसपछि उनले आफूमाथि बलात्कार भएको दावी गरिन् । घटना अदालतसम्म पुगेपछि सार्वजनिक भएर बाहिर आयो ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर