newskoseli.Com

अदृश्य रूपले बर्सिदैछ ढुङ्गा

पौराणिक कथामा अदृश्य शक्तिको चर्चा सुन्न पाइन्छ तर पछिल्लो समय निर्माण भइरहेका ‘थ्रिडी’ चलचित्रमा अदृश्य शक्ति तथा भूतप्रेतका गतिविधिजस्ता घटना अहिले झापा ज्यामिरगढीका नागरिकले प्रत्यक्ष भोगिरहेका छन् ।

स्थानीय ज्यामिरगढी–९ गोमनसरीमा  नागपञ्चमीका दिन बेलुका ६ः३० बजे स्थानीय विमला निरौलाको घरमा ढुङ्गा बर्सिएको थियो तर अहिले  नरबहादुर निरौला, कमल निरौला, तुलसा बढाथोकीका घरमा समेत ढुङ्गा बर्सिएकाे छ भने  त्यस ढुङ्गाले लागेर स्थानीयवासी तुलसा बुढाथोकी, तारा निरौला र मञ्जु कार्की घाइते भएका छन् ।

यसरी स्थानिय बासिन्दा एकाएक घाइते हुन थालेपछि त्यहाँका  सर्वसाधारण आतङ्कित भएका छन् ,भने अहिले त्यहाँ सतीघट्टा प्रहरी चौकीका इञ्चार्जको टोलीले सुरक्षा दिइरहेको छ ।

अदृश्य रुपमा आउने ढुङ्गाले आतङ्कित बनेपछि दैनिकजसो भेला भएका स्थानीयवासीले ढुङ्गा कहाँबाट कसले हान्छ भन्ने विषयमा खोजतलास गरिरहेक छन्  भने प्रस्थानीय धामी दीर्घबहादुर बुढाथोकीले ढुङ्गा भूतप्रेतले हानेको दाबी गरेकाे प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर