newskoseli.Com

सर्पको घाँटीमा सल्यक्रिया

दुई घन्टाको कठिन अप्रेसन, दुईपटक एनेस्थेसिया र १० टाँका । अनि बल्ल बाँच्यो ज्यान । यस्तो कुरा सुन्दा झट्ट कोही मान्छेको गम्भीर अप्रेसन होला भन्ने सोचिन्छ । तर, यसपटक यो सोचाइ गलत हुन सक्छ । यो अप्रेसन कुनै मानिसको नभई एउटा सर्पको हो । झन्डै मानिसको सर्जरीसँग मिल्ने यो अप्रेसन भारतमा गरिएको हो ।

पशु चिकित्सकले एउटा सर्पको शरीरमा अड्किएको प्लास्टिक डिब्बा निकाल्न यो अप्रेसन गरेका हुन् । यो कुरा बिल्होली गाउँको हो । सर्पले प्लास्टिक डिब्बा निलेको देखेपछि गाउँलेले त्यहाँका सर्पमित्र भनेर चिनिने अनन्त वालेलाई जानकारी दिए । एउटा कुवामा फसेको सर्पलाई अनन्तले निकालेर सरकारी पशु चिकित्सालय पुर्‍याए । सर्पलाई गम्भीर अवस्थामा देखेपछि चिकित्सकले तुरुन्त अप्रेसन गर्ने निर्णय गरे । अप्रेसन गर्दागर्दै सर्प होसमा आएपछि दोस्रोपटक एनेस्थेसिया दिइयो । र, दुई घन्टा अप्रेसन गरेपछि सर्पको शरीरबाट प्लास्टिककोडिब्बा निकालियो । अप्रेसन गरिएको यो धामन सर्पलाई अहिले जंगलमा छाडिएको छ, तर डेढ महिना त्यो सर्प चिकित्सकको निगरानीमा रहनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर