newskoseli.Com

यस्तो छ एकसाथ पाँच सन्तान जन्माएपछिको खुसी (फोटोफिचर)

एउटा महिलाले एक साथ पाँच स्वस्थ सान्तान जन्माएपछि अनौठो फोटोशूट गराएकी छन् । अस्ट्रेलियाको पर्थ निवासी किमको यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

५ सन्तानमध्ये एक छोरा र चार छोरी छन् । यद्यपि महिलाले यसअघि गर्भवती अवस्थामै आफ्नो फोटोशूट गराएर चर्चा बटुलेकी थिइन् । तर जनवरीमा पाँच सन्तान जन्म दिएपछि उनले पहिलोपटक प्रोफेशनल फोटोशूट गराएकी हुन् ।

किम आफ्ना श्रीमान भौधन टुक्कीका साथ बस्दै आएकी छन्। किमको उमेर २६ वर्षको छ। उनी यसअघि नै दुई सन्तानकी आमा हुन् । त्यसैले उनलाई अब सात सन्तान एकसाथ पाल्न कठिन हुने भएको छ।

महिलाले भनिन्–म कतिपय अवस्थामा आफूलाई बाथरुममा बन्द गरेर रुने गरेकी छु । यद्यपि उनी पाँचा सन्तानलाई एक साथ जन्म दिन सफल भएकोमा गर्व अनुभूति गरिरहेकी छन् । एजेन्सी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर