newskoseli.Com

यस्तो डरलाग्दो सैलुन, जहाँ तरबार र आगोले काटिन्छ कपाल(भिडियो सहित)

दुनियामा जतिसुकै भव्य वा निम्न स्तरको सैलुन नै किन नहोस् जहाँपनि कपाल कैँचीले नै काटिन्छ । तर दुनियामा एउटा यस्तो सैलुन पनि छ जहाँ कैँचीले होइन, आगो र तरबारले कपाल काटिन्छ । स्पेनमा यस्तो डरलाग्दो सैलुन छ ।

हेयर स्टाइलिस्ट अल्बर्टो ओलमेडोले संचालन गरेको सैलुनमा तरबारका साथै आगो निकाल्ने टर्च अर्थात् ब्लो टर्चबाट कपाल काटिन्छ । तरबार र आगोसँगै स साना कैँची पनि प्रयोग गर्छन् उनी । ब्लो टर्चको प्रयोग ग्राहकको रुची अनुसार गरिन्छ ।

अर्थात् कपालमा आगो लगाउने नलगाउने भन्ने कुरा सोधेर मात्रै ब्लो टर्चबाट कपाल डढाइन्छ । अल्बर्टोले कपालको मामिलामा सधै नयाँ नयाँ प्रयोग गर्ने गरेका छन् । उनले पूरानो स्टाइललाई सधै अपनाउँदैनन् र नयाँ नयाँ स्टाइलमा कपाल काटिदिन्छन् ।

उनी आफ्नोमा आउने ग्राहकसँग पहिले कुराकानी गर्छन् । कुराकानीबाटै थाहा पाउँछन् की ऊ कस्तो व्यक्तित्व भएको मानिस छ । अनि सोही आधारमा उक्त ग्राहकको हेयर स्टाइल छनोट गर्छन् र कपाल काटिदिन्छन् ।

अहिलेसम्म आफुले कैयौँ मानिसलाई नयाँ हेयर स्टाइल दिएको दाबी उनको छ । त्यसैले होला उनको सैलुनमा ग्राहकको संख्या दिन प्रतिदिन बढ्दैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर