newskoseli.Com

भलुवा राजालार्इ थाेत्रा लुगा

भगवानको पूजा गर्दा अगरबत्ती बालिन्छ । फूल र अक्षता चढाएर पूजा प्राथना गरिन्छ वा पुरोहित लगाएर पाठ गराइन्छ । तर मोरङको बबियाविर्ताको एक मन्दिरमा भने अनौठो परम्परा छ । त्यहाँ देवता खुसी पार्न थोत्रा लुगा थाङ्नाहरु चढाउँदै आएको छ ।

temple
वर्षौभयो,बबियाविर्ता ३ भुलुवा मंगलबारेका बासिन्दाले देउता खुसी पार्न रुखमा थोत्रा लुगाका थाङ्नाहरु चढाउने गर्दछन् । उनीहरुले समाजमा कुनै पनि अनिष्ट नहोस भनेर बर्षौदेखि रुखमा थात्रा लुगा चढाएर चिताएको पुर्‍याउन आफ्ना ‘देउता भलुवा राजा’ लाई आग्रह गर्ने गरेको छन् ।

‘भलुवा राजा भनेको छय्यास्छय्यास्ती देउता हुन्, त्यसैले हामी केही सामाजिक कार्य गर्नुभन्दा अगाडि पहिले थोत्रा लुगा चढाएर भलुवा राजाको पूजा गछौं, स्थानीयबासी को भनाइ छ  ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर