newskoseli.Com

पञ्चेबाजासहित धुमधामसँग भ्यागुताकाे विहे

भोजपुरको भुल्के गाविसका किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् ।

किसानले गाविस को वडा नं– १ र ४ मा रहेका जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चेबाजासहित नौ/नौजना पण्डित पढाएर बिहिवार भ्यागुताको बिहे गराइदिएको स्थानीय किसान बाबुराम बन्जाराले जानकारी दिए। बेहुला पक्षका किसानले पञ्चकन्या मूलबाट बेहुला भ्यागुतो लिएर पण्डितसहित ‘हरहर महादेव, पानी देऊ देऊ’ भन्दै जाल्पादेवी मूलमा पुगेका थिए ।

बेहुली पक्षका किसानले भने धुमधामका साथ पण्डित पढाएर बेहुली भ्यागुतालाई बिदावारी गरेका थिए । बेहुली पक्षले पनि महादेवलाई पानी माग्दै नौजना पण्डित पढाएका थिए । बिहेमा ३०० भन्दा बढी किसानको सहभागिता थियो । पानी पर्छ भन्ने विश्वासमा भ्यागुताको बिहे गराइदिएको विवाह व्यवस्थापन समितिका ज्ञानराज भट्टराईले बताए।

भोजपुरका केही भागमा लामो समय पानी नपर्दा किसानले बारी जोत्ने, मकै छर्ने लगायतका काम गर्न नपाएको टक्सारका किसान श्रीप्रसाद श्रेष्ठले बताए। रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर