newskoseli.Com

७० वर्ष पूरानाे १ सय पचास किलाेकाे बम

एजेन्सी।

पूर्वी चीनको शान्दोङ प्रान्तमा पर्ने तानचेङ काउन्टीमा रहेको एक निर्माणस्थलबाट गत मे ८ मा १ मिटर भन्दा लामो बम झिकिएको समाचार प्राप्त भएको छ। निर्माणस्थलमा काम गरिरहेका कर्मचारीहरूले खन्दै गर्दा उक्त बम भेटिएपछि तुरुन्तै स्थानीय प्रहरी बोलाइएको थियो।

American Bomb Excavated from Construction Site (3)

उक्त बम सन् १९४५ र १९४९ बीचमा चलिरहेको माओसेतुङको मुक्ति युद्धको क्रममा वायुविमानबाट छाडिएको अमेरिकी एबी-२५०-५४ रहेको सैन्य विशेषज्ञहरूले पुष्टि गरे। बम १.५ मिटर लामो थियो। त्यसको तौल १५० किलो भन्दा बढि र ०.४५ मिटरको व्यास थियो। जमिनबाट खनेर झिक्दा सो बम बिस्फट नगरिएको र अझै बिस्फोट हुन सक्ने देखिएको पिपुल्स डेलीमा प्रकाशित एक रिपोर्टले जनाएको छ।American Bomb Excavated from Construction Site (1)

बमको वरिपरि तुरुन्तै सुरक्षित क्षेत्र बनाइएको थियो भने चारैतर्फ प्रहरी सैनिकहरू तैनाथ बसेका थिए। त्यसपश्चात मे ११ मा बिस्फोटन पदार्थलाई नियन्त्रण गर्ने अधिकारीहरू आएर बमलाई बिस्फोट गराएको जानकारी प्राप्त भएको छ।American Bomb Excavated from Construction Site (2)

बमलाई सुरक्षित तरिकाले त्यहाँबाट उठाएर पहिल्यै खनेको खाडलमा लगेर राखिएको थियो। जब बमलाई बिस्फोट गराइयो, तब त्यसले जमिनमा १० मिटर फराकिलो प्वाल पारेको रिपोर्टले जनाएको छ।

तस्विर स्रोत– पिपुल्स डेली

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर