newskoseli.Com

१३ श्रीमतीलाई एकैसाथ गर्भवती बनाएर रेकर्ड !

दुनियाँमा अजीव रेकर्ड राख्नेहरुको कमी छैन । एकजना व्यक्तिले यस्तो रेकर्ड बनाएका छन्, जो सुन्दै हैरान पार्ने खालको छ । उनले १३ जना महिलासँग विवाह गरे ।

यतिसम्म पनि त्यति अनौठो भएन । तर, यिनले १३ पत्नीलाई एकैचोटि गर्भवती बनाएर अनौठो विश्व रेकर्ड राखेका छन् । यी १३ पत्नीको प्रसूतीको समय ३ देखि ५ हप्तासम्म मात्रैको फरक छ ।

डेलीमेलका अनुसार यसो गर्न त्यो देशमा कानुनी मान्यता छ । यी १३ श्रीमती सबै एकभन्दा अर्की अझ सुन्दर लाग्छन् । अझ अचम्म त यी सबै आपसमा मिलेर बसेका छन् र श्रीमानलाई एकदमै माया गर्छन् ।

तर, डेलीमेलले यो समाचार कुन देशको भनेर जनाएको छैन । मार्था जंगलले यो समाचारमा कमेन्ट लेखेकी छिन्, ‘यो समाचार कुन देशको हो ? चाइनाको हो ? यदि चाइनाको हो भने त्यहाँ दुईभन्दा धेरै बच्चा पाउन कानुनले दिँदैन… ।’ एजेन्सी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर