आजभोली बेजिङ्गको सडकमा एउटी युवती गाई र बाख्राको दुध निकाल्दै गरेको भेटिन्छिन् । उनले दुध निकाल्न शुरु मात्रै के गरेकी हुन्छिन् त्यहाँ किन्नेहरुको भीड जम्मा भइहाल्छ । यि युवती आजभोली त्यस क्षेत्रमा ‘मिल्क सिस्टर’को नामले चिनिन्छिन् ।
हालैमात्रै बेजिङ्गमा मिसावटी दुध सम्बन्धि खबर बाहिर आएको थियो त्यसैले त्यहाँका मानिसहरु दुध किन्दा पनि डराउने गर्दछन् । यस्तो बेलामा गाई र बाख्रा ल्याएर सिधै मानिसहरुको अगाडी नै ताजा दुध निकालेर बेच्दा किन्ने मानिसहरुको भीड नै जम्मा हुने गर्दछ ।
कतिपय त दुध नपाएर निराश भइ फर्कने समेत गर्दछन् ।
उनले उक्त ताजा दुधको प्याकेट लगभग १२० (नेपाली रुपैयाँ) मा बेच्ने गर्छिन् ।