newskoseli.Com

यसरी बनाए हिटलरले ६० लाख यहुदीका लासको पहाड (फोटो फिचर)

इतिहासका एक क्रुर तानाशाह हुन् हिटलर । उनी दोस्रो विश्वयुद्धका प्रमुख कारक समेत हुन् । उनले अनाहकमा ६ वर्षको अवधिमा ६० लाख निर्दोष यहुदीहरुलाई ग्याँस च्याम्बरमा हाली हत्या गरे ।

२० अप्रिल १८८९ मा अष्ट्रियामा जन्मिएका हिटलर जर्मनकाे नाजी पार्टीका नेता थिए । उनी पहिलो विश्वयुद्धमा समेत सहभागी भएका थिए । उनले सन् १९१९ मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी) को सदस्यता लिए र सन् १९२१ मा सोही पार्टीको नेता समेत बने ।

सत्तामा जान उनले सन् १९२३ मा ‘कु’ को असफल प्रयास गरेका थिए । सोही असफल कुका कारण उनी जेल परे । त्यहीं उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे ।

अन्ततः उनी सन् १९३३ मा जर्मन चान्सलरमा नियुक्त भए । त्यसपछि उनले नाजी विचारधारामा आधारित अधिनायकवादी, निरंकुश शासनको सुरुअात गरे ।

उनले सन् १९३९ मा पोल्याण्डमाथि आक्रमण गरी दोस्राे विश्वयुद्ध सुरू गरे । सन् १९४३ मा हिटलरमा केही पराजयहरू भोग्नुपर्यो ।

हिटलरको रंगभेदी नीतिले गर्दा ११ करोड मानिसको ज्यान गयो, जसमध्ये करिब साठी लाख यहुदी मात्र थिए ।

हिटलरले किन ६० लाख यहुदीको हत्या गरे भन्ने विषयमा विभिन्न कोणबाट टीकाटिप्पणी भएको पाइन्छ । विश्लेषकहरुका अनुसार सन् १९३० को दशकमा जर्मनको कूल जनसंख्याको केही हिस्सा एकात्मक जातीय श्रेष्ठताको आधारमा शासन गर्न चाहन्थे । त्यही जातीय मुद्धाका आधारमा हिटलरले नरसंहार गरे भन्ने धारणा पाइन्छ । जेहोस्, यसरी लाखौं मानिसहरुलाई कत्लेआम गर्नु कुनै पनि दृष्टिकोणबाट ठीक होइन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर