newskoseli.Com

भाजपा नेताको चिट्ठी प्रधानमन्त्री ओलीलाई : ‘खतराको सूचीमा त्रिभुवन विमानस्थल’

भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘खतरनाक’ भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको खुलासा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार रहेका जौलीले नेपालको हवाई मैदानका कारण ठूला दूर्घटना भएको र यस बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणलाई पटक–पटक जानकारी गराउँदा समेत बेवास्ता गरेपछि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिट्ठी लेखेर काठमाडौं एयरपोर्टको बारेमा जानकारी गराएको भन्दै उनले विवादास्पद विज्ञप्ति सार्वजनिक गरेका छन् ।

हिन्दी र अंग्रेजी भाषामा प्रकाशित उनको विज्ञप्तिमा त्रिभुवन विमानस्थलको खराब मैदानका कारण यूएस बंगालको विमान दुर्घटना भई ४९ जना यात्रु मारिएको र टर्किस एयरलाइन्सको विमान दुर्घटना भएको भन्दै नेपालमाथि गम्भीर आरोप लगाइएको छ ।

सो विज्ञप्तिमा २०१२ सालमा बनेको विमानस्थल ६३ वर्ष बितिसक्दा समेत एक पटक पनि मर्मत नभएका कारण जुनसुकै बेला जस्तोसुकै दुर्घटना हुने चेतावनी दिँद पनि ‘नेपालको नागरिक उड्डयन प्राधिकरणको आँखा खुल्न नसकेको’ आरोप लगाइएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

थप यो समाचार पनि पढ्नुहोस्–
प्राधिकरणको खण्डन : भाजपा नेता जौलीको ‘गलत आरोप’…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर