newskoseli.Com

प्राधिकरणको खण्डन : भाजपा नेता जौलीको ‘गलत आरोप’

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा भारतीय जनता पार्टीका नेता विजय जौलीले दिएको गलत अभिव्यक्तिलाई नेपाली अधिकारीहरुले खण्डन गरेका छन् ।

६३ वर्षदेखि त्रिभुवन विमानस्थलमा केही नगरिएको भन्ने भारतीय नेता जौलीको आरोपमा कुनै सत्यता नभएको र धावनमार्गको नियमित मर्मत–सम्भार एवं विस्तारको काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताएका छन् ।

यस विषयमा अरु थप केही नबोल्ने तथा आफूलाई पत्रको बारेमा कुनै जानकारी नभएको उनले बताए । यस सम्बन्धमा आएका टीकाटिप्पणी पढेर मात्र बोल्ने गन्ेथाले बताएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

थप यो समाचार पनि पढ्नुहोस्–
भाजपा नेताको चिट्ठी प्रधानमन्त्री ओलीलाई : ‘खतराको सूचीमा त्रिभुवन विमानस्थल’

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर