newskoseli.Com

घुसको पैसा आफन्त र साथीको खातामा !

सरकारी कर्मचारीले घुसको पैसा आफन्त र साथीको खातामा लुकाउन थालेका छन् ।

सहरी विकास तथा विकास निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख उपसचिव सुरेश ठाकुरले आफन्त र साथीको नाममा १ करोड रुपैयाँभन्दा धेरै रकम राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ ।

ठाकुरविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा आइतबार विशेष अदालतमा मुद्धा दायर गरिएको छ । उनीविरुद्ध ३ करोड १८ लाख ७३ हजार ७ सय २० रुपैयाँ ६९ पैसा बिगो दाबी गरी मुद्धा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

थप यो समाचार पनि पढ्नोस्–
इन्जिनियरको अवैध सम्पत्ति ३ करोड ! जफत गर्दै २ वर्ष जेल सजाय माग

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर