newskoseli.Com

इन्जिनियरको अवैध सम्पत्ति ३ करोड ! जफत गर्दै २ वर्ष जेल सजाय माग

पदीय दुरुपयोग गर्दै ३ करोडभन्दा बढी रकम आर्जन गर्ने सहरी विकास तथा भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सिनियर डिभिजननल इन्जिनियर सुरेश ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्धा दायर गरेको छ ।

छानविनमा ठाकुरको ३ करोड १८ लाख ७३ हजाार ७ सय २० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएपछि उनीविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी अख्तियारका प्रवक्ता रामेश्वर दंगालले दिए ।

ठकुरको स्रोत नखुलेको सबै सम्पत्तिलाई बिगो कायम गर्दै जफत गर्न र २ वर्षसम्म जेल सजाय माग गर्दै अख्तियारले मुद्धा दायर गरेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

थप यो समाचार पनि पढ्नोस्–
घुसको पैसा आफन्त र साथीको खातामा !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर