newskoseli.Com

छानविन प्रतिवेदन : निर्मला हत्यामा एसपी विष्ट र बम दिदीबहिनी शंकास्पद !

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको प्रतिवेदन आइतबार साँझ सार्वजनिक भएको छ ।

उक्त प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले तयार पारेको उक्त प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र निर्मलाकी साथी भनिएकी रोशनी र उनकी दिदी बबिता बमको भूमिका शंकास्पद भएको उल्लेख छ । समितिले विष्ट र बम दिदीबहिनीमाथि थप अनुसन्धान गर्नुपर्ने निष्कर्षसहित सुझाव दिएको छ ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित छानविन समितिले बम दिदीबहिनीले दिएको बयान र तथ्य फरक–फरक देखिएको भन्दै उनीहरुको भूमिकालाई शंकास्पद भनेको हो । प्रतिवेदनमा भनिएको छ– ‘मृतक निर्मलाको हत्या घटनासम्बन्धी प्रमाण संकलनमा खटिएका प्रहरीले लापरबाही र हेलचेक्र्याइँ गरेको देखिएको छ ।’

समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्कुर जीसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । त्यसअघि नै तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बनमा परेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

थप यो पनि पढ्नुहोस्–
निर्मला हत्याकाण्ड छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर