newskoseli.Com

‘सरकारी वक्तव्य समेत प्रचण्डकै वक्तव्यको सम्पादन मात्र’ ! झन् आक्रोशित भो अमेरिका…

भेनेजुयलाको राजनीतिक घटनाक्रमबारे कम्युनिस्ट मुलुकहरुले आफूविरुद्ध वक्तव्य दिएपछि अमेरिका आक्रोशित भएको छ ।

उसले ती देशमा आफ्ना कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएको छ । चीन, रुस, क्युबालगायतका देशले भेनेजुयलामा अमेरिकी भूमिकाको आलोचना गरेका छन् । नेपालमा पनि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकाको कडा शब्दमा निन्दा गर्दै वक्तव्य दिए । त्यसको केही दिनपछि सरकारले समेत भेनेजुयलामा बाह्य हस्तक्षेप हुनु नहुने आशयको वक्तव्य दियो ।

सरकारी वक्तव्यबाट अमेरिका झन् असन्तुष्ट बनेको छ । परराष्ट्र मन्त्रालयको वक्तव्यलाई उसले ‘प्रचण्डकै वक्तव्यको राम्रो सम्पादन’ को संज्ञा दिएको छ ।

‘नेपाल सरकारको वक्तव्य पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यकै राम्रो सम्पादन हो,’ अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले भने– ‘पछिल्लो वक्तव्यले पहिलेकोलाई नै बल पुगेको छ ।’ सरकारले यस्तो वक्तव्य किन दिएको भन्दै चासो समेत उनले राखेको खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

थप यो पनि पढ्नुहोस्–
‘भेनेजुयला प्रकरण’ मा ‘पछि हटे’ प्रचण्ड : भने– मलाई फसाइयो !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर