newskoseli.Com

६९ वर्षमा छोरो जन्माए यी मन्त्रीले

त्यसाे त ७० वर्ष टेक्नै लाग्दा काेही बाबु बन्याे भन्ने खबर अाफैंमा अनाैठाे हुन्छ । त्यसमाथि पनि राष्ट्रकाे बागडाेर सम्हालेका मन्त्रीले त्याे उमेरमा छाेराे जन्माएकाे खबर चर्चामा अाउने नै भयाे ।

हाे, यही स्थितिमा चर्चित भएका छन् एक मन्त्री । बंगालादेशका रेलमन्त्री मुजिबुल हक ६९ वर्षको उमेरमा पहिलो पटक बाबु बनेका छन् । ढाकाको एउटा निजी अस्पतालमा उनकी श्रीमती होनुफा अख्तरले यही शनिबार छोरो जन्माइन् भने मन्त्री हकले चाहिँ मंगलबारदेखि ७०औं वर्षमा पाइला टेकिसकेका छन् ।

मन्त्री हकले डेढ वर्षअघि मात्रै आफूभन्दा ३८ वर्ष कम उमेरकी होनुफासँग विवाह गरेका थिए । उनी ७० वर्षमा टेक्न ३ दिन मात्रै बाँकी छँदा छोरा जन्माएर चर्चाको शिखरमा छन् ।

यस्ता छन् उनीबारेका केही रोचक जानकारी–

  • आफ्नो जन्मदिनभन्दा ३ दिनअघि पिता बने ।
  • आमा र बच्चा दुवै सकुशल भएको जानकारी उनले आफ्नै सञ्चार माध्यमबाट सार्वजनिक गरे ।
  • होनुफालाई बुधबार अस्पताल भर्ना गरिएपछि शनिबार छोरो जन्माएकी थिइन् ।
  • अक्टोबर २०१४ मा उनले ६७ वर्षको उमेरमा ३८ वर्ष कम उमेरकी होनुफासँग विवाह गरे, रेलमन्त्रीको उक्त विवाह बंगलादेशदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु समेतमा चर्चाको विषय बन्यो ।
  • उनको विवाहमा देशी–विदेशी गरी १ हजारभन्दा बढी पाहुना आएका थिए भने बंगालादेशी प्रधानमन्त्री शेख हसिना उपस्थित भई शुभकामना दिएकी थिइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर