सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चीनतिर ‘ढल्किएको’ छ । चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन् ।
दुई पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल चलाएका छन् । आगामी दिनमा दुई देशका केन्द्रीय पार्टी स्कुलमा प्रयोग गरिने पाठ्यक्रमको तयारी र अध्यापन विधि, नेता–कार्यकर्ताको द्विपक्षीय अध्ययन भ्रमणमार्फत अनुभव आदान–प्रदान गर्ने अवसरको सिर्जना गर्ने प्रतिबद्धता दुवै पार्टीका नेताहरूले गरेका छन् ।
नेकपा स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले काठमाडौंमा संयुक्त रूपमा औपचारिक कार्यक्रम आयोजना गरी एक–अर्कालाई सहयोग गर्ने नीति प्रष्ट्याएका हुन् । दुई दिनसम्म चल्ने अन्तर्क्रियामा नेकपाका झन्डै तीन सय र चिनियाँ कम्युनिस्ट पार्टीका ४० जना नेता–कार्यकर्ता सहभागी रहेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
थप यो पनि पढ्नुहोस्–
नेकपामा ‘मौलिकताको खडेरी’ : चिनियाँले ‘पढाए’ नेताहरुलाई !