newskoseli.Com

नेकपामा ‘मौलिकताको खडेरी’ : चिनियाँले ‘पढाए’ नेताहरुलाई !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग ‘प्रशिक्षण’ लिए । प्रशिक्षण मंगलबार पनि चल्नेछ ।

नेकपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट ‘प्रशिक्षण’ लिएसँगै सात दशक लामो नेपालको वामपन्थी आन्दोलनको मौलिकता र यस्ता प्रशिक्षणले भू–राजनीतिमा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ । नेपालको ठूलो र सत्तासीन ‘वामपन्थी’ दलले सुरुदेखि नै मार्क्स, लेनिन, एंगेल्स र माओका विचारधारालाई ‘मार्गदर्शन’ मानेर राजनीति गरेपछि त्यसमा बेला–बेलामा विचलन आएका बेला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झन्डै दुईतिहाई बहुमत नजिक पुगेपछि फेरि कम्युनिस्ट सिद्धान्तको धङधङी सुरु भएको हो ।

अहिले नेकपाले चिनियाँ चिनियाँ कम्युनिस्ट पार्टीका नेता सी जिनपिङको विचार अपनाउन खोज्नुलाई पनि त्यही धङधङीको निरन्तरताका रुपमा व्याख्या गर्न थालिएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

थप यो पनि पढ्नुहोस्–
चीनतिर ‘ढल्कियो’ सत्तारूढ नेकपा !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर