newskoseli.Com

अश्लील चलचित्र हेर्नेमा धार्मिक आस्था राख्ने बढी !

अश्लील चलचित्र हेर्नु या देखाउनु धार्मिक तथा सामाजिक दृष्टिकोणले नियम उल्लङ्घन मानिन्छ । तर, हालैको एक अनुसन्धानले अश्लील चलचित्र हेर्नेहरुमा धार्मिक आस्था बढ्नेगरेको तथ्य देखाएको छ ।

ओक्लाहोमा विश्वविद्यालयका समाजशास्त्र एवम् धार्मिक अध्ययन मामलाका सहप्राध्यापक सैमुयल पिर्केले हालै एक अनुन्धान गरी आफ्नो प्रतिवेदन सार्वजनिक गरेका छन् । ‘सेक्स रिसर्च’ शीर्षकको उनको प्रतिवेदनमा जनाइएअनुसार अश्लील चित्र वा चलचित्र हेर्ने–पढ्ने मानिसको सङ्ख्या बढ्दै गएको छ ।

उनको अनुसन्धानमा उल्लेख भएअनुसार त्यसो गर्ने मानिसहरुलाई यस्ता सामग्री हेर्दा आफू दोषी भएको वा सामाजिक तथा धार्मिक नियम उल्लङ्घन गरेको समेत अनुभूति हुने गरेको छ । त्यसैले ती ‘पाप’ हरुबाट मुक्ति मिल्ने आशाका कारण उनीहरुमा धार्मिक आस्था बढिरहेको पाइएको छ । यसरी अश्लील चित्र वा चलचित्र हेर्नेहरुमा धार्मिक आस्था बढी हुने भएकाले त्यस्ता सामग्रीले धार्मिक आस्था वृद्धिमा उल्लेख्य मद्धत पुर्याएको अनुसन्धानको निष्कर्ष छ ।

यो अनुसन्धानका लागि उनले अमेरिकाभरिबाट ‘स्याम्पल’ लिएर १ हजार ३ सय १४ जनामाथि अनुसन्धान गरेका थिए । यस कामका लागि उनले २ वटा समूह बनाए । एउटा समूहलाई अश्लील चलचित्र र तस्बिर हेर्न दिइयो भने अर्को समूहलाई ती सामग्री हेर्ने अवसर नदिई सामान्य रुपमा राखियो । ज–जसलाई अश्लील चलचित्र हेर्न लगाइएको थियो तिनीहरुमा सामान्यतयाभन्दा बढी धार्मिक भावना जागृत भएको तर अर्को समूहका मान्छेमा भने त्यस्तो नपाइएको देखियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर