newskoseli.Com

‘अभियुक्तले के गिलासमा पानी खानु ! भाे, बोतलबाटै खान्छु’ : महराले अदालतमा हँसाउँदा…

संघीय प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदा केही हास्य–दृश्य देखिएका थिए । मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पुर्‍याइएका महराको बयानपछि म्याद थप गर्न न्यायाधीश दीपककुमार दाहालको इजलास तोकिएको थियो ।

इजलास अधिकृतले म्याद थपसम्बन्धी फाइल न्यायाधीश दाहालको च्याम्बरमा पुर्‍याइसकेका थिए । बयानपछि पूर्वसभामुख महरालाई इजलास नजिकै रहेको स्रेस्तेदारको कोठामा केहीबेर राखिएको थियो । स्रेस्तेदारको कोठामा पुगेका महराले जिल्ला अदालतमा लागेको भीड देखेर अचम्म मानेका थिए ।

उनले सँगै रहेका आफ्ना सहयोगी, कानुन व्यवसायी, सरकारी वकिल र सुरक्षाकर्मीलाई प्रश्न गरेका थिए– ‘हैन, यहाँ दैनिक यति धेरै मानिस मुद्दाका लागि नै आएका हुन् त ?’ उनीसँग नजिकै रहेकाहरूले यहाँ दैनिक हजारौंको संख्यामा मुद्दा–मामिलाका लागि नै आउने गरेको जानकारी गराएका थिए ।

आदेश आउन समय लागेपछि उनीसँगै रहेका सरकारी कर्मचारीले ‘चिया खाने सर ?’ भनेर महरालाई सोध्दा आफूले कहिल्यै चिया पिउने नगरेको जानकारी गराउँदै ‘बरु पानी छ भने खाऊँ न’ भनेर उनले आग्रह गरेका थिए । कार्यालय सहयोगीले महराका लागि तुरुन्तै बोतलमा पानी ल्याइदिएका थिए ।

नजिकै रहेका एक अधिकृतले ती कार्यालय सहयोगीलाई गिलास ल्याउन आग्रह गर्नासाथ महराले ती अधिकृतलाई भने– ‘अभियुक्तले पनि के गिलासमा पानी खानु ? भाे पर्दैन, बोतलबाटै खान्छु ।’ यति भनेर महराले बोतलबाटै पानी पिएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

थप यो सामग्री अवश्य हेर्नुहोला–
जनगायक जीवन शर्मामाथि यति ठूलो विपत : सहयोगमा जुट्न कलाकारहरूको अपिल (भिडियोसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर