सत्तारुढ दल नेकपाका पछिल्ला गतिविधिप्रति सोही पार्टीका एक अध्यक्ष असन्तुष्ट देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र ‘अराजक गतिविधि’ मौलाउन लागेको बताएका छन् ।
आफ्नै पार्टीभित्र एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको उनको ठम्याइ छ । यसलाई डरलाग्दो रोगका रुपमा उनले चित्रण गरेका छन् । पार्टी एकताको १७ महिनापछि उनले पार्टीमा देखिएका विकृतिको आलोचना गरेका हुन् ।
नेकपा चितवनले बिहीबार आयोजना गरको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका बेथितिको चर्चा गरेको खबर अनिल ढकालको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
थप जानकारीका लागि यो समाचार पढ्नुहोस्–
‘नेता–कार्यकर्ता अनुशासनबाट विचलित, समाजवादको यात्रामा आफैंबाट अप्ठ्यारो’ : प्रचण्ड