newskoseli.Com

मन्त्रिपरिषद् हेरफेरको कहाँ पुग्यो प्रयास ? ‘शीर्ष’ नेताहरुबीच दिनहुँ छलफल

पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताहरुबीच दिनहुँ यही विषयमा छलफल चलिरहेको छ । शुक्रबार प्रधानमन्त्री ओली, प्रचण्ड र महासचिव पौडेलबीच तीन घन्टा लामो छलफल भएको नेकपा स्रोतले जनाएको छ ।

बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, पार्टी र सरकार सञ्चालनलगायतका विषयमा गम्भीर छलफल भएको छ । यसअघि पनि नेताहरू वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका बीचमा छलफल भएको थियो ।

मन्त्रिपरिषद् फेरबदलमा देखिएका विभिन्न समूहको स्वार्थका कारण ढिलाइ भइरहेको स्रोतको दाबी रहेको खबर सुभाष साहको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

थप यो समाचार पनि पढ्नुहोस्–
को–को हट्दै, को–को थपिँदै ? मन्त्रिपरिषद् पुनर्गठनको तयारी…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर