newskoseli.Com

‘एमसीसी घातक छ, स्वीकार्नु हुँदैन’ : माधव नेपाल

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ‘अनुदान’ नेपालले स्वीकार गर्नु नहुने धारणा राखेका छन् ।

पार्टीको हेटौंडा नगर वडा कमिटीका सदस्यको सपथ कार्यक्रममा मंगलबार बोल्दै एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग भएकाले उसको अनुदान लिनु असंलग्न परराष्ट्र नीतिविपरीत हुने उनले बताए । इन्डो–प्यासिफिक रणनीति अमेरिकालाई शक्तिशाली बनाउनका लागि तय गरिएको दावी उनले गरे ।  ‘इन्डो–प्यासिफिक रणनीति उत्तर कोरिया, चीन र रुसविरुद्ध छ, कसैका विरुद्ध खडा भएको संगठनसँग जोडिएको अनुदान स्वीकार गर्नु घातक हुन्छ’– उनले भने ।

एमसीसीबाट अनुदान लिए दीर्घकालीन समस्या देखापर्ने उनको दावी छ । एमसीसी आर्थिक विकासका निम्ति मात्रै भए स्वीकार गर्न सकिने उनले बताए । पाँच वर्षभित्र करिव ५६ अर्ब रुपैयाँमा अन्तर्देशीय प्रशारण लाइनलगायतका संरचना निर्माणका लागि नेपालले एमसीसीसँग सम्झौता गरेको हो । सम्झौता अनुमोदनका लागि हाल संघीय संसदमा दर्ता गरिएको छ ।

अर्को प्रसंगमा बोल्दै नेता नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूभाग भएकाले भारतले उक्त भूमिलाई आफ्नो नक्साबाट हटाउनुपर्ने बताए । सन् १८१७, १८२७ र १८५६ का नक्साले नेपाल लिम्पियाधुरासम्मै रहेको प्रमाणित गर्ने उनको भनाइ छ । ती भूमि फिर्ता गराउन नेपाली कांग्रेसलाई साथै लिएर पहल गर्नुपर्ने उनले बताएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

थप यो पनि पढ्नुहोस्–
‘नेताभन्दा सरकार आधिकारिक हाे, एमसीसी फिर्ता हुँदैन’ : परराष्ट्रमन्त्री ज्ञवाली

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर