newskoseli.Com

कसरी हुन्छ मान्छेकाे ‘पुनर्जन्म’ ?

हिन्दू धर्मको सबैभन्दा ठूलो ग्रन्थ ‘गीता’ मा ‘भगवान्’ श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्र युद्धका लागि प्रेरित गर्न पुनर्जन्मबारे व्याख्या गरेर पुनर्जन्म पाइने र नपाइने कुरा सम्झाएको विवरण उल्लेख छ ।

‘गीता’ मा भनिएको छ– ‘प्राणीको शरीर मात्र मर्छ, आत्मा कहिल्यै मर्दैन । आत्मा एउटा शरीरबाट अर्को शरीरमा सरिरहन्छ । प्राणी बालकबाट युवा हुँदै वृद्धावस्थामा पुग्छ अनि अर्को शरीर धारण गरेर जन्मन्छ ।’ यसरी हिन्दू धर्ममा पुनर्जन्मको कुरालाई पूरै विश्वासका साथ लिइएको पाइन्छ ।

भारतीय ज्योतिषहरुले हालै पुनर्जन्मको विषयमा वर्षौं अध्ययन–अनुसन्धान तथा नयाँ शोध गरेका छन् । उनीहरुले शोधका क्रममा कुनै पनि व्यक्तिको जन्मकुण्डली (चिना) हेरेर मृत्युपछि हुने आत्माको गतिबारे गणना गरेर विस्तृत विश्लेषण गरेका छन् ।

‘गीता प्रेस गोरखपुर’ बाट हालै प्रकाशित ‘परलोक और पुनर्जन्मनात्मक’ शीर्षक पुस्तिकामा यो अनुसन्धानको नतिजा प्रकाशित छ । उक्त नतिजाअनुसार सुरुमा ज्योतिषहरुले बच्चाको जन्म सयम र मिति लिई त्यसमा समाहित स्थान र तिथि समेत हेरेर जन्मकुण्डली (चिना) बनाउँछन् । त्यसै चिनाको समय हेरेर तत्काल ग्रहको स्थितिको अध्ययन गर्छन् अनि त्यसबाट उक्त बच्चा कुन योनिमा आयो र कुन नक्षत्रले प्रभाव पारिरहेको छ भन्ने कुराको आधारमा मृत्युपछि त्यस बच्चाको ग्रह र नक्षत्रले कस्तो गति लिन्छ र कस्तो योग बनाउँछ, त्यहीअनुसार उसको पुनर्जन्मबारे निष्कर्ष निकालिन्छ ।

पुनर्जन्मको योगः

  • कुनै पनि व्यक्तिका ४ वा त्यसभन्दा बढी ग्रहहरु उच्च राशिमा हुन्छन् ।
  • उक्त राशिले कति योनि भोग गर्छ, त्यसैको तथ्यांक लिइन्छ ।
  • लग्नमा उच्च राशि चन्द्रमा जस्तो योगमा देखिन्छ, त्यो व्यक्ति अर्को जन्ममा ठूलो व्यापारी हुने विश्वास गरिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर