newskoseli.Com

३ देखि ४ घन्टामा शल्यक्रिया सकिने : यसरी हुँदैछ प्रधानमन्त्रीको मिर्गौलाको दोस्रो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । सोही अस्पतालका युरोलोजी तथा ट्रान्स्प्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण टोलीमा डा. पवनराज चालिसे, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यो उपचारका क्रममा नर्सिङतर्फको नेतृत्व भने पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ । प्रत्यारोपणपछि आवश्यकता हेरेर ५–६ दिनमा डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए ।

डा. खड्गाका अनुसार ३ देखि ४ घन्टामा प्रत्यारोपण सकिनेछ । अन्य कुनै समस्या आएमा हेर्ने गरी मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी र न्युरोलोजिस्ट प्रा.डा. जगदीशप्रसाद अग्रवाल तयारी अवस्थामा रहने बताइएको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

थप याे पनि पढ्नुहाेस्–
अस्पताल भर्ना हुनुअघि के भने प्रधानमन्त्री ओलीले ? (भिडियो सन्देश र पूर्ण पाठसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर