newskoseli.Com

१२ संक्रमित भेटिएको भुल्के मस्जिद क्षेत्र पूरै सिल : टेस्ट किटसहित स्वास्थ्यकर्मी जाँदै

तस्बिरः युवराज पाैडेलकाे फेसबुक पाेस्टबाट

त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरस्थित मस्जिदमा रहेका भारतीय नागरिकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पूरै गाउँ सिल गरेको छ । सो क्षेत्रमा कसैलाई पनि बाहिर आवतजावत गर्न दिइएको छैन ।

भुल्केस्थित मस्जिद आसपासको क्षेत्रमा करिव ६ सय हाराहारीमा मुसलमान समुदायको बासोबास छ । उक्त क्षेत्रमा प्रदेश– १ को सामाजिक विकास मन्त्रालयले शनिबार विराटनगरबाट १ हजार र्‍यापिड टेस्ट किटसहितको टोली पठाउने तयारी गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।

सो क्षेत्रमा फेला परेका संक्रमितलाई कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा रहेको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा शुक्रबारै पठाइएको खबर भक्तिविलाश पोखरेलको बाइलाइनमा गोरखापत्र अनलाइनले शनिबार प्रकाशित गरेको छ ।

यो पनि पढ्नुहोस्–
कोरोना संक्रमित ३० पुगे नेपालमा : एकै दिन १४ जनामा पुष्टि

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर