newskoseli.Com

ठाकुर–महतो समूहसँग अब बाँकी तीन विकल्प

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएपछि अब पूर्वअध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प बाँकी रहेका छन् ।

नेताहरूका अनुसार सो पार्टीको कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपश्चात बहुमत रहेको यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि ठाकुर पक्षसँग पहिलो विकल्पका रूपमा यसअघि नै सर्वोच्च अदालतमा दिएको पार्टी आधिकारिकतासम्बन्धी रिट निवेदन नै रहेको छ । सो रिट निवेदनबारे छलफलका लागि आफूहरूलाई १५ साउनमा बोलाइएकाले उक्त छलफलपश्चात टुंगोमा पुग्न सकिने ठाकुर र अर्का नेता राजेन्द्र महतो निकटका नेता लक्ष्मणलाल कर्णको भनाइ छ ।

दोस्रो विकल्पका रूपमा यसअघि दिएको रिटले नै पुग्छ वा अदालतमा पुनः अर्को रिट दर्ता गर्नुपर्छ भन्ने विषयमा पार्टी र कानुन व्यवसायीसँग छलफल गरेर अगाडि बढ्ने कर्णको भनाइ छ । तेस्रो विकल्पका रुपमा भने आयोगले भनेझैं नयाँ दल दर्ता गरेर पनि अघि बढ्नु रहेको छ । यी बाहेक अन्य विकल्पमा पनि ठाकुर पक्षले छलफल अघि बढाउने भएको छ ।

‘पार्टी आधिकारिकताको विषयमा सर्वोच्चमा अझै मुद्दा चलिरहेको छ, अन्य विकल्पबारे समेत हामी पार्टीभित्र छलफल गर्छौं,’ कर्णले भने– ‘नाम र चुनाव चिह्न फरक हुँदैमा केही हुँदैन, नेताहरू त उही पुरानै छौं, हामीसँग विभिन्न विकल्प छन्; पार्टीभित्र विस्तृत छलफल गरेर आगामी दिनमा अगाडि बढछौं ।’ जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद र त्यसले लिएको नयाँ मोडसम्बन्धी यो खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

यी समाचार पनि पढ्नुहोस्–
जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला (पूर्णपाठ)
जसपाको बाबुराम–उपेन्द्र पक्षले पायो आधिकारिकता : महन्थ–राजेन्द्र पक्षका ‘जनप्रतिनिधि’ को पद धरापमा
नेताका टाउका गन्ने आयोगको निर्णय : ठाकुर समूहमा रूवाबासी (५१ नेता, को कता ? नामावलीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर