newskoseli.Com

नयाँ पार्टी खोल्ने गृहकार्यमा खनाल–नेपाल पक्ष

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष खड्ग ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित खनाल–नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको हो ।

ओली पक्ष विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा एकलौटी रूपमा अघि बढेको खनाल–नेपाल पक्षको विश्लेषण छ । ओली पक्ष एकलौटी रूपमा अघि बढेपछि आफूहरूसँग नयाँ दल गठनको विकल्प नभएको वरिष्ठ नेता नेपाल निकट नेता जगन्नाथ खतिवडाले बताए । आफूहरूको पहिलो प्राथमिकता पार्टी एकता नै रहेको स्पष्ट पार्दै ओली पक्षले एकताका लागि ढोका नै बन्द गरेको आरोप उनले लगाए ।

खनाल–नेपाल पक्षका अधिकांश सांसद नयाँ पार्टी गठन गरी सरकारमा जानुपर्ने अडानमा छन् । ओली पक्षले भने खनाल–नेपाल पक्षका अधिकांश सांसदलाई ‘पार्टीको भन्दा सत्ताको बढी मोह भएको’ आरोप लगाएको छ । ओली पक्षबाट पार्टी कब्जा गरेर मनोमानी रूपमा विधान संशोधन गर्दै सबै अधिकार अध्यक्षमा केन्द्रित गर्ने प्रयास भएको खतिवडाले बताए ।

तर पनि आफूहरू अन्तिम अवस्थासम्म पार्टी एकताकै पक्षमा रहेको भन्दै एकताको पहल अझै जारी राख्ने उनले बताए । अन्तिम अवस्थामा पनि पार्टी एकताबद्ध नभए छुट्टै दल गठन गरेर अघि बढ्नुको अर्को विकल्प नभएको खतिवडाले बताए । ओली पक्षका नेताहरूले भने नेपाल पक्ष पार्टी एकताप्रति कहिल्यै गम्भीर नरहेको र नयाँ पार्टी खोल्ने बहाना खोजिरहेको बताएका छन् ।

वरिष्ठ नेता नेपालले नयाँ दल गठन गर्ने तयारीस्वरूप नेताहरूसँग छुटाछुटै रूपमा छलफल गरिरहेको बताइएको छ । आफूनिकट नेतासँग छुट्टाछुट्टै छलफल गर्दै ओलीको कार्यशैली नसुध्रेकाले नयाँ दल गठन गरेर अघि बढनुपर्ने विषयमा वरिष्ठ नेता नेपालले छलफल गरिरहेको स्रोतको भनाइ रहेको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

यी समाचार पनि पढ्रनुहोस्–
‘अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं’ : माधवकुमार नेपाल
एमाले विभाजनको चर्चाबीच झलनाथ भेट्न पाण्डे र आचार्य किन हान्निए दिल्ली ?
ओलीले ‘ढोका बन्द’ गरिदिएपछि के गर्दैछन् माधव नेपाल ? (भिडियाेसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर