भनिन्छ, मान्छे कहिल्यै पनि यौनसम्पर्कबाट थाक्दैन् । जसरी बाँचुञ्जेल दिनदिनै खाना खान्छ, त्यसरी नै यौनसम्पर्क गरेर यौवनको प्यास मेटाउँछ।
हाम्रो समाजमा त्यति धेरै यौनसम्पर्क गर्ने चलन छैन । अलि लजालु स्वाभावको समाजमा खुलेर यौनसम्पर्क गरिँदैन । तर, भारतका एक युवक ‘सेक्सकाे भोक मेटाउन’ दैनिक अर्काकी स्वास्नी ‘पट्याउने’ गर्छन् । उनलाई देखेर महिलाहरु फिदा हुन्छन् ।
उनी भन्छन्- ‘युवतीभन्दा विवाहिता महिलाहरुसँग सेक्स गर्न मज्जा आउँछ ।’ अर्काकी स्वास्नी पट्याउन उनी घरबाट पढ्न जान्छु भन्दै विभिन्न सहरतिर जाने गर्छन् र अर्काकी स्वास्नीसँग ‘मस्ती’ गर्छन् ।
उनले युवती नपट्याउने चाहिँ होइन, युवतीहरूलाई पनि पट्याउँछन् तर कुनै दिन अर्काकी स्वास्नी नपट्टिएको अवस्थामा मात्रै । यस्तो चरित्र भएका व्यक्तिलाई सबैले हेर्न पाउनेछन् । यस्तो कथा तपाइर्ंले बलिउड चलचित्र ‘हंटर’ मा हेर्न सक्नुहुन्छ ।
निर्माता अनुराग कश्यपले निर्माण गरेको चलचित्र हंटरमा महिलाहरु परपुरुषसँग किन सम्बन्ध राख्छन्, त्यसको असर के हुन्छ भन्ने बारेमा देखाउन खोजिएको छ ।
तपाईंले चलचित्रका हरेक सिनमा सेक्सलाई प्राथमिकता दिएको पाउनुहुनेछ । फिल्मका हिरोले अर्काकी श्रीमतीलाई भाउजू भन्दै केटी पट्याउन सिकाइमाग्ने र त्यही मौकामा भाउजू भनेर सेक्स गर्ने कुरा पनि समावेश छ ।
यो चलचित्र घरपरिवारसँग बसेर हेर्न नमिल्ने खालको छ । विशेषगरी यौनशिक्षा लिने युवायुवतीले यो चलचित्र हेर्नुपर्छ ।
एजेन्सीको सहयोगमा