newskoseli.Com

प्रसंग शिक्षक र छात्राबीच प्रेम सम्बन्धको…

चीनको एउटा विश्वविद्यालयका प्राध्यापकले विश्वविद्यालय परिसरमा शिक्षक र छात्राहरुबीच हुने गरेको ‘प्रेम सम्बन्ध’ माथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् ।

चाइना युथ डेलीले प्रकाशित गरेको एक समाचारअनुसार बेइजिङ इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक याङ यिमिङले भनेका छन्– ‘चीनको उच्च शिक्षामा शिक्षक–छात्राबीच हुने अनैतिक सम्बन्ध एउटा ठूला समस्या बनेर आएको छ ।’

प्राध्यापक यिमिङले अगाडि भनेका छन्– ‘अमेरिकामा हालै सुरु भएको शिक्षक–छात्राहरुबीचको सम्बन्धमा जस्तै कडाई हाम्रो उच्च शिक्षा क्षेत्रमा पनि चाहियो ।’ यस्तो अवस्थाले विकराल रुप लिन नपाउँदै सम्बन्धमा प्रतिबन्ध लगाउनुपर्ने उनको विचार छ ।

तर, अमेरिकाको एउटा पत्रिका ग्लोबल टाइम्सले भने चीनका मानिसहरुले शिक्षक–छात्राबीचको सम्बन्धलाई खासै नकारात्मक रुपले नलिएको उल्लेख गरेको छ । अझ चिनिया नागरिकहरुले शिक्षक–छात्राबीचको सम्बन्धलाई सहिष्णुतापूर्वक लिने गरेको सो पत्रिकाको दावी छ ।

उनीहरुको तर्क के छ भने प्रेम सम्बन्ध स्वतन्त्र हुनुपर्छ, यसमा प्रतिबन्ध भन्ने कुरै सुहाउँदैन । सो पत्रिकाका अनुसार चिनीयाहरुको थप तर्क छ– ‘सुप्रशिद्ध चिनिया लेखक लुसुनले पनि आफ्नै एउटी छात्रासँग सम्बन्ध राखेर छोरा जन्माएका थिए । त्यो उनीहरुको स्वतन्त्रताको कुरा रह्यो । त्यसैले प्रेममा हरेक कुरा जायज हुन्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर