newskoseli.Com

अनौठो मन्दिर जहाँ मान्छे जाँदा ढुङ्गा बन्छ

मन्दिर हिन्दुधर्माबलम्बीहरुको आस्थाको केन्द्र हो । जहाँ विभिन्न देवीदेवताका मूर्तिहरु राखेर पूजा गरिन्छ ।
मन्दिरमा पुगेर त्यहाँ रहेका देवीदेवताका मूर्तिको दर्शन गर्दा आफूलाई पुन्य मिल्ने धर्माबलम्बीहरुको विश्वास छ ।

तर, विश्वमा यस्ता धेरै मन्दिरछन् जसको बेग्लाबेग्लै पहिचान रहेको छ ।

 

Kradu-Mansir2

यस्तै बेग्लै पहिचान रहेको मन्दिर हो राजस्थानको बाडमेर जिल्लाको किराडू मन्दिर । जुन मन्दिरमा साँझ पछि कोही मानिस गएर उभिएमा त्यो मानिस ढुंगाको बन्ने विश्वास गरिन्छ । एक साधुले दिएको श्रापका कारण यस्तो हुनथालेको स्थानीयबासीको विश्वास छ ।
कसले दिएको थियो श्राप
स्थानीयबासीहरुले भने अनुसार धेरै पहिले किराडूमा एक तपस्वी आएका थिए । उनले आफ्ना शिष्यहरुको टोली पनि सँगै ल्याएका थिए ।
एक दिन आफ्ना शिष्यलाई गाउँमा छोडेर भ्रमणमा निस्केका थिए । उनले छोडेर गएपछि उनका शिष्य विरामी परे । बिरामी शिष्यका लागि गाउँलेहरुले कुनै मद्दत गरेनन् ।
भ्रमण सकेर तपस्वी जव फर्किए आफ्ना शिष्यको दुखत अवस्था देखेर उनले गाउँलेलाई श्राप दिए । उनले श्रापमा जुन गाउँका मानिसको हृदय पत्थरको छ त्यहाँका बासिन्दा मानिस भएर बस्न योग्य छैनन् । त्यसैले सबै पत्थर हुनपरोस् ।

Kradu-Mansir3

पूरै गाउँमा केवल एक महिला थिइन् जसले शिष्यको मद्दत गरेकी थिइन् । उनीप्रति दया देखाउँदै तपस्वीले तिमी गाउँबाट बाहिर जाउ नत्र तिमी पनि पत्थर बन्ने छौं भने । ति महिलाले गाउँ छोड्ने निर्णय गरेर हिडिन्  । यद्यपी उनको मनमा तपस्वीले भनेको कुरा सत्य हो कि हैन भन्ने सन्देह थियो ।
त्यसैले तपस्वीको भनाई पूरा हुने या नहुने भनेर पछाडि फर्केर हेर्दा उनी ढुंगाको मूर्ति बनेकी थिइन् ।
ति महिलाको ढुंगाको मूर्ति आज पनि किराडू मन्दिरदेखि केही परको सिहणी गाउँमा रहेको छ । महिलाको उक्त मूर्तिलाई त्यसको प्रमाणको रुपमा लिइन्छ ।
यही पौराणिक कथनका आधारमा उक्त मन्दिरमा साँझपछि जाने व्यक्ति ढुंगाको बन्ने विश्वास गरिन्छ ।
अहिले पनि किराडू मन्दिरामा साँझ परेपछि कोही पनि जाँदैन । उक्त मन्दिरपरिसरदेखि धेरै टाढाबाट मानिसहरु हिडडुल गर्ने गरेका छन् ।
–एजेन्सी
  Kradu-Mansir1
Kradu-Mansir3
Kradu-Mansir4
Kradu-Mansir5

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर