newskoseli.Com

सगरमाथाका रोचक तथ्यहरू

एडमण्ड हिलारीका छोरा पिटरले ५ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । एडमण्ड हिलारीसँग पहिलोपटक सगरमाथाको सिखरमा पुग्नुभन्दा अघि तेन्जिङ नोर्गे शेर्पाले ६ पटकसम्म सगरमाथा आरोहणको प्रयास गरेका थिए ।

 १९९६ सगरमाथामा आरोहीका लागि सबैभन्दा घातक वर्षबन्यो । त्यसवर्ष १५ जनाले सगरमाथामा ज्यान गुमाए सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो ओर्लिने फान्सका जिन मार्क बोइभिन हुन् ।

 उनी सन् १९८८ मा सगरमाथाको शिखरबाट ११ मिनेटमा फेँदमा ओर्लिएका थिए । सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने व्यक्ति १३ वर्षिय जोर्डन रोमेरो हुन् । हिमाल आरोहण गर्ने व्यक्तिलाई दिनमा २० हजार क्यालोरी उर्जा आवश्यक पर्छ ।

 सगरमाथाको चुलीमा सबैभन्दा बढि समय बिताउने व्यक्ति बाबुछिरी शेर्पा हुन् । विना अक्सिजन पहिलोपटक सगरमाथा आरोहण गर्ने राइनहोल्ड मेस्नर र पिटर ह्याम्बलर हुन् ।

 सन् १९९३ को मे १० का दिन ४० जनाले सगरमाथा चढेर एक दिनमा सबैभन्दा धेरै मान्छेले सगरमाथा चढेको रेकर्ड कायम भएको छ ।सगरमाथा हरेक वर्ष ४ मिलिमिटरका दरले अग्लो हुँदैछ सगरमाथामा स्की गर्ने पहिलो व्यक्ति स्लोभानियाका डाभो कार्निकार हुन् ।

 सगरमाथाको आरोहण गर्ने सबैभन्दा वृद्ध पुरुष जापानका ८० वर्षा युइचिरो मिउरा हुन् भने सबैभन्दा वृद्ध महिला जापानकै ७३ वर्षी तामाइ वातानाबे हुन् । सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर भएको कुरा सन् १८५६ मा मात्र पत्ता लागेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर