newskoseli.Com

राष्ट्रपति कार्यालयबाट सिंहदरबार पुग्न ५ दिन !

काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दुरी । राष्ट्रपति कार्यालय महाराजगञ्ज–देखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दुरीमा आउन १७ मिनेट लाग्ने ‘गुगल म्याप’ ले देखाउँछ । सुन्दा अचम्म लाग्छ, यति छोटो दुरीमा रहेको राष्ट्रपति कार्यालय महाराजगञ्जदेखि संघीय संसद् सचिवालय सिंहदर...बाँकी

मेयरसा’पको ट्रिपर, वडाध्यक्षको एक्स्काभेटर : यसरी हुन्छ नदीको दोहन !

अव्यवस्थित र अनियन्त्रित रुपमा गिट्टी, बालुवा र ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुल्लमखुला एक्स्काभेटर र डोजर लगाई दोहन तीव्र परेको हो । नदी वरपर सञ्चालित ढ...बाँकी

बादल निर्णायक : जता रामबहादुर, उतै पल्लाभारी !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थिति बलियो बन्दै गएको छ । एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूहको निर्णायक उपस्थिति देखिएको हो । पार्टीभित्र रहेका केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहितका गुटहरुमध्ये थापाको गुट निर्णायक ब...बाँकी

वाईसीएल कि युवासंघ ? एकतापछि युवामा बल्झ्यो नाम–विवाद

सत्तारुढ नेकपाको युवा भ्रातृसंगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भैसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । पूर्वमाओवादी समूह आफ्नो पुरानै नाम वाईसीएल (योङ कम्युनिस्ट लिग) स्थापित गर्न चाहन्छ । पूर्वएमाले समूहले भने युवासंघ नेपालकै नामको निरन्तरतामा अडान राखेको छ । ...बाँकी

अब डीभी/पीआरको फर्म मात्रै भरे पनि शिक्षक/कर्मचारीको जागिर चट्

सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदनसम्म मात्रै दिए पनि उनीहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय शिक्षा ऐन, २०७६’ को मस्यौदामा सो व्यवस्था गरिएको छ । मस्यौदाको दफा ६० मा सार्वजनिक विद्यालयम...बाँकी

‘बिदा’ नै दिएर स्कुलमै नेताका भतिजको बिहेभोज !

‘छक्का पन्जा– ३’ नामक एक फिल्ममा पढ्ने समयमा स्कुललाई ‘शक्तिशाली’ ले भोजस्थल बनाएको दृश्य छ । तर, त्यो अभिनय मात्र थियो । मंगलबार भने महोत्तरीमा त्यसको वास्तविकता नै देखिएको छ । गौशाला नगरपालिका– १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो । पढाइ भएन । व्यवस्थापन समितिले निर्णय नै गर...बाँकी

४० करोड खर्चिइँदै प्रधानमन्त्रीको नयाँ निवासमा : डाक्टर कक्ष, डेन्टल, सैलुनदेखि होम थिएटरसम्म…

प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागले भवन न...बाँकी

‘आलोपालो प्रधानमन्त्रीको टुंगो छैन’ : बेलायतमै ओलीको बोली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं, पार्टी एकता भैसकेको छ; अब के गर्दा ठीक हुन्छ– त्यसको टुंगो पार्टीले नै लगाउँछ’– बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा मंगलबार आयोजित कार्यक्र...बाँकी

संसदीय समितिलाई मन्त्रीले दिए चुनौती : लोकसेवा विज्ञापन विवाद

स्थानीय तहका कर्मचारी भर्नासम्बन्धी लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनको ‘औचित्य’ मै सरकारले प्रश्न उठाएको छ । विभागीय मन्त्री समेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिलाई निर्णयको औचित्य पुष्टि ग...बाँकी

मालपोतको मनपरी : सुरक्षा गार्डले बनाउँछन् लालपुर्जा…

कर्मचारी अभावको कारण देखाउँदै काभ्रेपलाञ्चोकमा सुरक्षा गार्डले लालपुर्जा बनाउने गरेका छन् । कार्यालय सहयोगीले भने मोठ श्रेस्ता भिडाउँछन् । सेवाग्राहीबाट ‘खाजा खर्च’ पाउने भएकाले उनीहरुबीच कामका लागि तँछाडमछाड समेत हुने गरेको छ । ‘सिद्धान्त र विधि’ ले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भ...बाँकी