newskoseli.Com

गोष्ठी गर्दै, बजेट सक्दै : महँगा होटल कर्मचारीले भरिभराउ

असार महिना । किसान खेतीपातीमा व्यस्त छन् । यतिबेला सरकारी कर्मचारी पनि चटारोमा छन् । किसानलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ तर सरकारी निकाय भने बजेट सक्ने नाममा गोष्ठी र सेमिनारमा मग्न छन् । गोष्ठीकै कारण सहरी क्षेत्रका महँगा होटल कर्मचारीले भरिभराउ छन् । ०७५ वैशाख २७ मा सरकारले सार्वजनिक ख...बाँकी

दैनिक १५ जनाले गर्छन् आत्महत्या : इन्टरनेट सञ्जालको दुरूपयोग नै मुख्य कारण

सूचना प्रविधिको दुरूपयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखाएको छ । नेपालमा अहिले दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, तीमध्ये अधिकांशको मृत्युको कारण नयाँ प्रविधिको दुरुपयोग नै बन्ने गरेको छ । नेपाल प्रहरीको रिपोर्ट लेख्छ– ‘समाजमा हुने विभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिन...बाँकी

पाटन अस्पतालको बेथिति : नाम विज्ञको, सेवा ‘नक्कली’ को !

दिनप्रतिदिन बिरामीहरुको उपचारमा लापरबाही भयो, बिरामीको अंगभंग भयो, मृत्यु समेत भयो भन्ने घटना बढिरहेको अवस्थामा पाटन अस्पतालमा विशेषज्ञले प्रदान गर्ने सेवा गैरविशेषज्ञबाट भैरहेको खबर सार्वजनिक भएको छ । पाटन अस्पतालको गम्भीर त्रुटिलाई सुधार्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै नेपाल डेन्टल एशोस...बाँकी

उपत्यकामा ‘आन्दोलन’ चर्काउने गुठी विधेयकमा के छ ?

गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त पारी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि रहेको अभियन्ता राजाराम तण्डुकारले बताए । उनले भने– ‘कतिपय जात्रा, पूजा तथा पर्वमा सम्बन्धित समुदायका सीमित व्यक्ति बाहेक सहभागी हुन नपाउने चलन हुन्छ, यस्तोमा प्रमाणपत्रले मात्र परम्परा जोग...बाँकी

उपत्यकामा चोरी र पाकेटमारीका अनौठा शैली : प्रहरी नै भन्छ– ‘बिगबिगी’…

राजधानीका कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान ! प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ । पाकेटमाराले प्रहरीलाई नै चकित पार्ने गरी पाकेटमारी र चोरी गर्दै आएको पाइएको छ । उनीहरुमध्ये कतिपयले त आफूला...बाँकी

सिंहदरबारभित्रको हेल्थ डेस्कमै अत्यावश्यक औषधिको अभाव

सिंहदरबारभित्रैको हेल्थ डेस्कमा समेत अत्यावश्यक औषधि अभाव भएको छ । कम्तिमा ४० प्रकारका अत्यावश्यक औषधि हुनु पर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिनियर अहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि रा...बाँकी

काठमाडौंको तापक्रम साढे ३३ डिग्री, अझै कति बढ्छ ?

एक सातायता बढेको तापक्रमले काठमाडौं उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनका लागि बिदा समेत दिएका छन् । काठमाडौंमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी गर्मी महशुस भयो । शुक्रबार काठम...बाँकी

१२ युवतीलाई २ महिना बन्धक बनाएर ‘यौन धन्दा’ !

काठमाडौंको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एक जना सामान्य चिनजानकी दिदीले ‘राम्रो कमाइ हुन्छ’ भन्ने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्‍याइन् । मासिक ५० हजार रुपैयाँसम्म कमाउने आशाका साथ युवतीहरु ती महिलाको साथमा बिर्तामोड पुगे । तर, धेरै कमाउने महत्त्वकांक्षाले त्यहाँ पुगे...बाँकी

देशैभर व्यापक गर्मी : मनसुनमा ढिलाइकाे प्रभाव…

नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा तराई क्षेत्र, राजधानी काठमाडौं र देशैभर गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । ‘मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भए पनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,’ मौसमविद गंगा नगरकोटील...बाँकी

इन्टरनेटमा अंकुश : फेसबुक स्ट्याटस ‘सरकारलाई मन नपरे’ हटाउनु पर्ने !

इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाईकनै पारित गर्न लागिएको छ । विधेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा प्रदायक, डिजिटल वालेट सेवा प्रदायक र वे...बाँकी