newskoseli.Com

एकै एरियामा युवतीहरूमाथि लगातार ‘सिरिन्ज’ आक्रमण

पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ ...बाँकी

ओली–प्रचण्ड ‘एक्लाएक्लै’ छलफल : एकताको १३ महिनापछि प्रतिवेदन प्रकाशनको समझदारी

सत्तारूढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच ‘एक्लाएक्लै’ भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी जुटेको दाहाल निकट स्रोतले बतायो । ‘दुई अध्यक्षबीच राजन...बाँकी

त्रिभुवन विश्वविद्यालयको हर्कत : ‘गोल्ड मेडल’ नै किनबेच !

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । ‘गोल्ड मेडल’ किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन संयुक्त क्याम्पसमा अर्थशास्त्र विषयमा अध्ययनरत कोइराला ...बाँकी

सेनाले गर्‍यो नेपालमै उत्पादित विष्फोटक पदार्थकाे गुणस्तर परीक्षण

सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको जंगी अड्डाले गुणस्तर मापन गरेको छ । हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कमसल भएको केही निजी कम्पनी र ठेकेदारले आरोप लगाउँदै आएका छन् । अड्डाले सुनाचुरी र तीन विदेशी कम्पनीबाट उत्पादित विस्फोटक पदार्थको तुलनात्मक गुणस्तर परीक्षण गरेको हो । ...बाँकी

अब पाइपबाटै नेपालमा पेट्रोल आउँदै…

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ । आयल निगम रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीप यादवका अनुसार पाइपमा पानीको प्रेसर पठाएर गरिएको प...बाँकी

नेपाल–चीन रेल : बिहीबार चीनमा चौथो बैठक

केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की नेतृत्वको टोली चीन आइपुगेको छ । नेपाली टोली सोमबार चीन आएको हो । काठमाडौंबाट छन्दु आएको नेपाली टोली छन्दुबाट चीनको सान्तोङ प्रान्तमा पर्ने पर्यटकीय स्थल छिन्तावो आइपुगेको छ । छिन्तावोबाट बुधबार अपराह्न नेप...बाँकी

निगम डुबाइँदै, विमान जति निजीलाई भाडामा दिइँदै !

नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् । साउनदेखि पुससम्मको ६ महिनामा निगमले २ अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमका जहाजको उडान अवधि घटेका कारण असार मसान्तसम्म यो घाटा दोब्बरभन्दा बढी हुने देखिन्छ । असार मसान्तमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी...बाँकी

साढे ३३ किलो सुन प्रकरण : ५ न्यायाधीशमाथि कारबाहीको सिफारिस

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाहीको सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही गर्न सिफारिस गरिएको छ । ‘प्रतिवेदनको पो...बाँकी

‘सञ्चार माध्यमले तपाईं भन्न समेत जान्दैनन्’ : ‘तिमी’ लेखिदिँदा प्रधानमन्त्रीलाई पीडा !

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरुमाथि नेपाली भाषा बिगारेर प्रयोग गर्ने गरेको आरोप लगाएका छन् । सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चार माध्यमका कारण नेपाली भाषाका आदरार्थी शब्द हराउन लागेकामा चिन्ता व्यक्त गरे । ‘हाम्रो समाज र भाषा शिष्ट छ तर हाम्रा टेलिभिजन र सञ्चा...बाँकी

मन्त्री–महाप्रबन्धक विवाद उत्कर्षमा : खानेपानी मन्त्रालय–केयुकेएलबीच केको लफडा ?

खानेपानी मन्त्री विना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग निकै असन्तुष्ट छिन् । मन्त्रीको निर्देशन अवज्ञा गरेको भट्टराईमाथि आरोप छ । त्रिभुवन विश्वविद्यालयका प्रा...बाँकी