newskoseli.Com

मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौंमा कोलोनी, नबन्दासम्म भाडाका अपार्टमेन्ट

सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले बेला–बेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ । ललितप...बाँकी

योगेशलाई ‘मन्त्री बन्न’ प्रधानमन्त्रीको सन्देश : नेकपामा मन्त्री फेर्ने बहस

सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६–७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्टि गरेका छन् । १५ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डय...बाँकी

गिरफ्तार गरिसकेपछि ‘मुठभेड’ भन्दै मार्ने डरलाग्दो अभ्यास

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल ‘मुठभेड’ मा मारिएको प्रहरीको दाबी छ । लालबन्दी नगरपालिका– १, लखन्तीखोला, सर्लाहीमा बिहीबार दिउँसो मुठभेड भएको प्रहरीको भनाइ छ । राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो तर मुठभेड भएर नै य...बाँकी

जिप दुर्घटनाको दुःखान्त : भेटिएनन् बेपत्ताहरु, कुश र परालको प्रतिमा बनाई अन्त्येष्टि

सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा खार्पुनाथ गाउँपालिका– ५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए । असार २ मा भएको सो दुर्घटनामा परी बेपत्ता भएकाहरु तीन दिनसम्म पनि फेला नपरेपछि परिवारजन र आफन्तले बिहीबार पराल र कुशको प्रतिमा बनाई हिन्दू प...बाँकी

दुई अध्यक्ष दुईतिर : सरकार सञ्चालनबारे तीव्र मतभेद

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकार र पार्टी सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ । दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनि...बाँकी

आफैंले गरे आफ्नो बढुवा ! त्रिवि रजिस्ट्रारको मनपरी…

कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन् । तर, त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन् । पदमा बस्यो, आफूअनुकुल नियम बनायो अनि बढुवा भइहाल्यो । लामो समयदेखि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ त्रिभुवन विश्वविद्यालय । त्रिविका तीन रजिस्ट्रार ...बाँकी

नेकपाभित्र अन्तर्कलह : सबैजसो विषयमा आ–आफ्नै तर्क !

गुठी विधेयक विवादित बनेपछि सत्तारुढ दल नेकपाका सांसदहरु दुई ध्रुवमा विभाजित भए । काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसद र नेताहरु विधेयक फिर्ता गर्नुपर्ने पक्षमा उभिए, काठमाडौं बाहिर खासगरी पश्चिम क्षेत्रका सांसदले विधेयक जसरी पनि अघि बढाउनुपर्ने भन्दै संसदभित्र चर्को आवाज उठाए । नेकपाका सांसदको यस...बाँकी

७३०४ नेपालीको विदेशमा मृत्यु : वैदेशिक रोजगारीको दुःखद् पाटो

वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार ३ सय ४ जनाको विदेशमै ज्यान गएको छ । नेपालबाट हरेक वर्ष ४ लाखको हाराहारीमा नेपाली युवा वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक छ । वैदेशिक रोजगारीमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारिश्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका क...बाँकी

मेलम्चीको नयाँ ठेक्का प्रक्रिया, अबको ११ महिनाभित्र उपत्यकामा पानी आइपुग्ने !

खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी निर्माणको काम पूरा गर्न ठेक्का आह्वान गरेको छ । करिव ६ महिनादेखि ठप्प रहेको आयोजनाको काम अघि बढाउन ठेक्का आह्वान गरिएको हो । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार १० वटा प्याकेजमा टेन्डर आह्वान गरिएको छ । ‘व्ययभार नब...बाँकी

विदेशका विभिन्न जेलमा ५ सय ३२ नेपाली

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीहरुमध्ये ५ सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुनविपरीत काम गरेको आरोपमा जेल परेका हुन् । कतिपय परिबन्दले पनि जेल पुगेका छन् । रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि...बाँकी