newskoseli.Com

२ छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा

दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्क पढाउने छ । सोमबार सुरु नगरपालिकाको तेस्रो नगरसभामा उपमेयर ताराकाजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।...बाँकी

‘निर्मला पन्तको हत्याराको खोजी अझै जारी’ : गृहमन्त्रीको दावी

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउने प्रयास जारी रहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको उत्तर दिँदै गृहमन्त्री थापाले अझै पनि अपराधीको नजिक पुगेको भने संकेत भने गरेनन् । गत वर्ष साउन १० मा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तक...बाँकी

‘सलामी’ को बदनामी : जनप्रतिनिधिलाई ‘सलामी’ को भोक, प्रहरीलाई चाकडीको रोग !

प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन । निर्देशिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ । त्यस्तै, राजदूतहरूलाई औप...बाँकी

बाबु ‘इन्काउन्टर’ मा मारिए, छोराछोरी भन्छन्– ‘सीए र डाक्टर बन्ने सपना सकियो’

सरकारी जागिरबाट २०५४ मा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरीद्वारा नक्कली मुठभेडमा मारिएपछि उनका छोराछोरी भने पढाइ रोकिने चिन्ताका साथ विह्वल छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज बागमती नगरपालिका– २, धरहरा स्थायी घर भएका पौडेलको ...बाँकी

गुठी जग्गामा ‘छायाँ सेन्टर’ : ‘पावरफुल’ लगानीकर्तासामु प्रशासन लाचार !

काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको ‘छायाँ सेन्टर’ मा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर्न नसकेको खुलासा भएको छ । ‘छायाँ सेन्टर’ मा ४३ जना लगानीकर्ता रहेका छन् । गुठीको जग्गा अपचलन भयो भन्ने विषयमा अदालतमा मुद्दा पनि ...बाँकी

नेकपामा अनिष्टको संकेत : प्रचण्डको चेतावनी– ‘एकताका समझदारीहरुबाट पछि हटे दुर्भाग्य’

सत्ताधारी पार्टी एकताका समझदारीहरुबाट पछि हट्न थाले दुर्भाग्य हुने चेतावनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका छन् । नेकपा चितवनको शपथग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै सहमतिबाट लड्खडाउन थाल्दा र स्वार्थतिर केन्द्रित भएमा पार्टी ...बाँकी

मेयरको ‘द्रब्यमोह’ : बीमाबाट गाडी र घरको क्षतिपूर्ति लिएर सरकारसँग फेरि मागे पैसा

एनएलजी इन्स्योरेन्स बिर्तामोड शाखा भन्छ– ‘मेयरसा’पदृ घरको ४ लाख १७ हजार र गाडीको २ लाख १८ हजार ९ सय ८३ गरी ६ लाख ३५ हजार ९ सय ८३ रुपैयाँ लगिसक्नुभयो ।’ स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख रुपैयाँ क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटील...बाँकी

सिसा फुट्दा मेयरले खाइदिए ३० लाख : क्षतिपूर्तिका नाममा यो हदको दुरुपयोग !

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा सरकारले आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक, ०७४ मा घर र सवारी साधनमा भएको क्षति नगरपालिका र बीमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख रूपैयाँ दिइएको छ । साथीको ...बाँकी

बोटमै बिक्यो ८१ लाखको बोधिचित्त, फेदमा भने द्वन्द्व !

बोधिचित्तको कारोबार सुरू हुँदै गर्दा हरेक वर्ष झैं यस वर्ष पनि एउटै रूखलाई पटक–पटक फरक–फरक व्यक्तिका नाममा बिक्री गरी रकम असुलेका कारण द्वन्द्व सिर्जना भएको छ । ‘अब त काटमार होलाजस्तो पो भयो, स्थानीयस्तरमा असुरक्षा बढ्यो’– रोशी गाउँपालिका– ५ का स्थानीय समाजसेवी टुल्कु लामाले बताए । साविक सिसाखानी...बाँकी

भारतीय ज्यादति : ‘बाँधजस्तो सडक’ ले नेपाली वस्ती डुबानमा

भारतले सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ । नरैनापुर भारतीय सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो । पालिकाको उत्तरतिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरिरहेको बाँधजस्...बाँकी