newskoseli.Com

राजदरबारको सिनेमा कहानी : कहिले खुल्ला नारायणहिटीभित्रको हल ?

नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ– ‘राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?’ तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्...बाँकी

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक !

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ६९ पारी ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई परीक्षा नियन्त्रण कार्यालय (पनिका) का कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएक...बाँकी

सत्ताधारी नेकपामा चुलिँदै ‘कार्यदिशा विवाद’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुंगिँदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुबीच मतभेद तीव्र बनेको छ । तत्कालीन एमाले पृष्ठभूमिका अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद (जबज)’ को पक्षमा देखिएका छन् भने माओवादी...बाँकी

भारी वर्षाको सम्भावना, देशभर मनसुन सक्रिय

बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको छ । मनसुन शनिबार मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रह्यो । मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन शनि...बाँकी

कारबाहीमा परे ९४ औषधि पसल

देशभरका ९४ वटा औषधि पसललाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ । मापदण्डविपरीत सञ्चालन भएको भन्दै ती औषधि पसललाई कारबाही गरिएको विभागले जनाएको छ । कारबाहीमा परेका औषधि पसलमध्ये ५८ लाई सचेत गराइएको छ भने १६ वटालाई बन्द गराइएको छ । १७ वटा औषधि पसललाई निलम्बन गरिएको छ । यस्तै, ३ वटा औषधि पसलविरुद्...बाँकी

भारतका मुख्यमन्त्रीको दावी : ‘हिन्दू राष्ट्र’ बन्न नेपाल तयार

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल ‘हिन्दू राष्ट्र’ का लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोकभवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने– ‘हरेक देशको पहिचान हुन्छ, विश्वका हिन्दूहरुले नेपाललाई हिन्दू राष्ट्रका रुपमा चिन्छन्, दुनियाँक...बाँकी

नेकपाभित्रै सरकारप्रति असन्तुष्टि, शीर्ष तहबाटै ‘समीक्षा’ को माग

सत्ताधारी नेकपाका शीर्ष नेताहरुले सरकारका कामको ‘समीक्षा गर्न’ माग गरेका छन् । सरकारका कामकारबाहीमा आफूहरु बेखबर रहेको भन्दै केन्द्रीय सदस्य, स्थायी समितिका सदस्य र सांसदहरुले समेत प्रश्न उठाइरहेका बेला सचिवालयकै शीर्ष नेताहरुले पनि त्यस्तै प्रश्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल द...बाँकी

बाढी र डुबानको खतरा बढ्यो : वर्षाले नाघ्यो ‘खतराको तह’, सतर्क रहन विभागको आग्रह

बिहीबारदेखि भित्रिएको मनसुनको प्रभावले मुलुकका केही भेगमा भारी वर्षा समेत सुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने भएको छ । ती क्षेत्रमा शनिबार दिउँसोदेखि वर्षाको मात्रा बढेकाले नदी किनार आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौ...बाँकी

हत्या गरिएका विप्लवका इन्चार्जका बुबाले भने– ‘लूटतन्त्रविरुद्ध आवाज उठाउँदा मेरो छोरो मारियो’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल बिहीबार प्रहरीसँगको भिडन्तमा मारिएको नभई प्रहरीका तर्फबाट भएको एकोहोरो हमलामा हत्या गरिएको दाबी उनका आफन्तजनले गरेका छन् । लालबन्दी– १, लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो गस्ती जाँदै गरे...बाँकी

ईश्वर पोखरेलको ‘भूमिका’ : पूर्वमाओवादी पक्ष ‘सशंकित’ !

गत वर्ष ३ जेठमा एकीकरण सम्पन्न भएलगत्तै असार पहिलो साता बसेको स्थायी समितिको बैठकले मूल राजनीतिक प्रतिवेदन पारित गर्दै भाषिक शुद्धाशुद्धि मिलाएर प्रकाशन गर्ने गरी दुई अध्यक्षलाई जिम्मेवारी दिए पनि सो प्रतिवेदन जारी नभएपछि सत्ताधारी नेकपाभित्र अन्योल देखिएको छ । लामो समयसम्म दस्तावेज प्रकाशन नहुनु...बाँकी