नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान कार्यान्वयन गर्नुको साटो सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाएका छन् ।
संविधान कार्यान्वयन गराउने दायित्व पूरा गराउनुको साटो संशोधन प्रस्ताव ल्याएर सरकारले विवाद बढाएको छ भन्दै उनले जबरजस्ती ल्याएको संशोधन ...बाँकी
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताए ।
स्थानीय विकास मन्त्रालयद्वारा आज गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस...बाँकी
नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कांग्रेसले अगुवाइ गरेको राजनीतिक पद्धतिमा कम्युनिस्टहरू आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने बताएका छन् ।
मंगलबार धनगढीमा आयोजित कांग्रेस कार्यकर्ता भेलामा महतले कांग्रेसले अगुवाइ गरेको बहुलवादी सिद्धान्तको पद्धति र आर्थिक नीति तथा कार्यक...बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चीरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त तथा स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नका लागि सबै नेपालीलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
मंगलबार साँझ विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले पृथ्वीनारायण शाहको सङ्घर...बाँकी
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव छिनोफानो भएपछि मुलुक निर्वाचनमय हुने बताएका छन् ।
नेपाली कांग्रेस सुनसरीले मंगलबार इनरुवामा आयोजना गरेको अन्तर्क्रियामा सिटाैलाले केही असन्तुष्टिका बीचमा प्रस्ताव दर्ता भए पनि पारित हुने विश्वास व्यक्त गरे ।
नेता सिटौलाले वर...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता दिवसमा सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निर्क्योल गरिने बताएका छन् ।
मंगलबार भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषदको उद्घाटन गर्दै प्रचण्डले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
...बाँकी
‘नेपालको पानी, जनताको लगानी’ नाराअन्तर्गत ऊर्जा मन्त्रालयले जनस्तरमा गरेको आह्वानअनुसार मंगलबार साँझसम्म जनस्तरबाट ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रूपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।
ऊर्जा मन्त्रालयले स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना अगाडि बढाउने लक्ष्यका साथ अनलाइनमार्फ...बाँकी
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले रुपचन्द्र विष्टले फैलाएको थाहा अभियानलाई देशव्यापी बनाउनुपर्ने बताएका छन् ।
थाहा दिवसको अवसरमा गरिएको सप्ताहव्यापी कार्यक्रमको मंगलबार हेटाैंडामा समापन गर्दै मन्त्री पाण्डेले अन्यायका विरुद्धमा छाप्रे र महिला तथा गरिबको मुक्तिका लागि विष्टल...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव जनताको हितमा भएको जिकिर गर्दै यसको सही मूल्याङ्कन हुँदै जाने बताएका छन् ।
साेमबार चितवन महोत्सव २०७३ को उद्घाटन गर्दै दाहालले सहमतिमै संविधान संशोधनको प्रस्ताव टेबुल गरिएको दावी गरे । संशाेधन प्रस्ताव अघि बढ्नाले दलहरुबीच सहमतिको खोजी भई दे...बाँकी
निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिखेर नेपालमा द्वन्द्व उद्योगका रुपमा फस्टाएको दावी गर्दै अहिले द्वन्द्वकै व्यवसाय गर्न खोजिएको बताएका छन् ।
यस्ता षड्यन्त्रबाट नेपाली जनता सजग र सचेत हुनुपर्दछ भन्दै ओलीले संविधान संशोधन प्रस्ताव संविधानविपरीत रहेकाले त्यो स...बाँकी