newskoseli.Com

एसईईको रिजल्ट आयो, हेर्नोस् नतिजाको पूर्ण विवरण…

  राष्ट्रिय परीक्षा बोर्डले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । नियमिततर्फ ४ लाख ६३ हजार ६ सय ८९ र प्राविधिकतर्फ ८ हजार ७ सय ३४ जना परीक्षार्थी सहभागी परीक्षको नतिजा शनिबार साँझ प्रकाशित भएको हो । यस्तो छ यसपालिको रिजल्टको समग्र विवरण–  ...बाँकी

फस्नुहोला नि ! यी १९७ म्यानपावर कम्पनी रोक्का भएका छन् (म्यानपावरको सूचीसहित)

  तोकिएको भन्दा बढी शुल्क लिने, लाइसेन्स लिएर पनि काम नगर्ने, कामदारहरुका समस्या समाधान नगरी पैसा मात्र कुम्ल्याउने जस्ता गरिबमारा एवं मजदुरविरोधी तथा ठगी गर्ने कार्य गरेको पाइएपछि श्रम मन्त्री गोर्कण विष्टले श्रम मन्त्रालयमार्फत १ सय ९७ वटा म्यानपावरलाई काम–कारबाही गर्न रोक्का गरिदिएका छन् ...बाँकी

‘रवि लामिछाने प्रकरण’ समाधानउन्मूख : प्रेस काउन्सिलले जारी गर्‍यो यस्तो विज्ञप्ति (पूर्णपाठसहित)

  केही दिनयता व्यापक चर्चामा रहेको ‘अमेरिकी नागरिक’ एवं ‘नेपाली टेलिभिजन प्रस्तोता’ रवि लामिछाने बारेको ‘समस्या’ समाधान नजिक पुगेको छ । बिहीबार अपराह्न प्रेस काउन्सिल नेपालका तर्फबाट सूचना अधिकारी एवं सहप्रशासकीय अधिकृत दीपक खनालद्वारा प्रेषित ‘सार्वजनिक महत्त्वको प्रेस विज्ञप्ति’ अनुसार ...बाँकी

कांग्रेस अब एकढिक्का बन्छ, नत्र दुई ठुन्का हुन्छ : देउवा

  हेटौंडामा जारी जिल्ला सभापतिहरूको चौथो राष्ट्रिय भेलामा आफूविरुद्ध घोषित मोर्चाबन्दीमा उत्रिएका कांग्रेस नेताहरुलाई सभापति शेरबहादुर देउवाले कडा चेतावनी दिएका छन् । ‘अब कांग्रेस कि एकढिक्का बन्छ नत्र दुई ठुन्का हुन्छ’ भन्दै अबको चुनौती सामना गर्न सक्षम नेतृत्वको खोजी गर्ने अभियानमा लागे...बाँकी

जेसीबी (एक्स्काभेटर) बोकेको ट्रक सप्तकोशीमा खस्यो, २ को मृत्यु, ७ को उद्धार

  जेसीबी (एक्स्काभेटर) बोकेको ट्रक सप्तकोशीमा खस्दा दुई जनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकैबाट नम्बर नखुलेको ट्रक पुलबाट नदीमा खसेको हो । लोड बढी भएका कारण ट्रक खसेको बताइएको छ । प्रहरीले घटनास्थलबाट २ वटा शव फेला परेको छ भने ७ जनाको उद्धार गरेको छ । उद्धार गरिएक...बाँकी

प्रधानमन्त्री ओली चीनमा : को–को सहभागी छन् उच्चस्तरीय भ्रमण दलमा ?

  चिनिया प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री ओलीसहित उनकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री ...बाँकी

ओली चीन भ्रमणमा : तीन नेताले पाए ‘कार्यवाहक’ को जिम्मेवारी

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनी चीनतर्फ लाग्नुअघि ओलीले तीन नेतालाई ‘कार्यवाहक’ को जिम्मेवारी समेत तोकेका छन् । दुई अध्यक्ष रहेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ...बाँकी

राष्ट्रियसभाका ५९ सदस्य : कसको कार्यकाल कति ? (सूचीसहित)

  आइतबार गोला प्रथाद्वारा राष्ट्रियसभा सदस्यहरूको कार्यकाल निर्धारण गरिएको छ । गोलाप्रथामा परेका अंकको आधारमा ५९ सदस्यीय राष्ट्रिय सभासदस्यमध्ये १९ जनाको २ वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष कार्यकाल निर्धारित भएको छ । प्रदेश– १ हरिचण शिवाकोटी– २ वर्ष परशुराम मेघी गुरुङ– ४ वर्ष रम...बाँकी

हेटौंडामा कांग्रेस जिल्ला सभापतिहरूको भेला, त्यहीं बोलाइयो केन्द्रीय समिति बैठक

  विपक्षी दल नेपाली कांग्रेसले मकवानपुरको हेटौंडामा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । हेटौंडामै मंगलबारदेखि जिल्ला सभापतिहरुको भेला सुरू हुनुपूर्व सोमबार अपराह्न केन्द्रीय समितिको बैठक डाकिएको हो । समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको संगठन सुधार र प्रभावकारी प्रतिपक्षीको भूमिक...बाँकी

सभामुखको रुलिङ सरकारलाई : संसद बैठकमा अनिवार्य उपस्थित होऊ

  प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सभामुख कृष्णबहादुर महराले सरकारलाई रुलिङ गरेका छन् । कुनै पनि मन्त्रीको अनुपस्थितिका कारण आइतबारको बैठक १५ मिनेट स्थगित हुन पुगेको थियो । मन्त्रीको अनुपस्थितिले बैठक नै प्रभावित भएपछि सभामुख महराले प्रतिनिधिसभा सञ्चालन नियमावलीले गरेको व्यवस्था...बाँकी