newskoseli.Com

चन्द माओवादीद्वारा एनसेलमाथि हमला : देशभर ६ ठाउँका टावर खरानी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले  मोरङ, धनकुटा, दाङ र सल्यानस्थित एनसेलका टावरहरूमाथि आक्रमण गरेर ध्वस्त बनाइदिएका खबरहरू प्राप्त भएका छन् । शुक्रबार राति ३ बजेतिर दाङको लक्ष्मीपुर गाविसस्थित चौघरा र लमही नगरपालिका– ४ स्थित श्रीगाउँमा रहेका एनसेलका २ वटा टावरमा आगजनी गरेको छ । त्यसैगरी ...बाँकी

कस्तो छ बाबुरामको पार्टी घोषणा गर्ने मञ्चको तयारी ?

नयाँ शक्ति नेपालको पार्टी घोषणा राष्ट्रिय भेलामा नेता–कार्यकर्ताका लागि छुट्टै मञ्च नबनाइने भएको छ । जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिने पार्टी घोषणा राष्ट्रिय भेलामा नयाँ शक्तिका नेता तथा कार्यकर्तालाई छुट्टै मञ्चको व्यवस्थापन नगरिने नयाँ शक्ति अन्तरिम केन्द्रीय परिषदका सचिवालय सदस्य ...बाँकी

१ लाख ७१ हजार घरधनीले अनुदान पाउने

१ लाख ७१ हजार ६ सय ७७ घरधनीलाे तत्काल अनुदान पाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान बैंकमार्फत वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएकाले उनीहरूले साे अनुदान पाउने भएका हुन् । प्राधिकरणले मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना क...बाँकी

राजनीतिक लडाइँ सकियो : गृहमन्त्री बस्नेत

नेकपा (माओवादी केन्द्र) का नेता एवम् गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताबाट चुनिएका प्रतिनिधहरूमार्फत नयाँ संविधान जारी भएपछि राजनीतिक लडाइँ सकिएको बताएका छन् । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको भवनमा इलाका प्रशासन कार्यालयको बिहीबार उद्घाटन गर्दै बस्नेतल...बाँकी

पूर्वराजा ज्ञानेन्द्रमाथि दोरम्बाकाण्डका पीडितको उजुरी

विश्वचर्चित दोरम्बा नरसंहारमा हत्या गरिएका माओवादी नेता बाबुराम लामाकी छोरी संगिता लामालगायतका पीडित आफन्तले तत्कालीन राजा ज्ञानेन्द्र शाहसहितविरूद्ध उजुरी दिएका छन् । ‘मेरा बाबाको कन्चटमा गोली ठोक्नेलाई कानुनी काराबाही होस् भनेर उजुरीपत्र सहित आयोगको दैलो ढकढक्याएकी छु’, बिहीबार सत्य निरुपण तथा ...बाँकी

राजधानीमै ट्याक्सीमा आगजनी दर्जनौं बन्दकर्ता पक्राउ, कोही पेट्रोलबमसहित समातिए

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बिहीबारको नेपाल बन्दका क्रममा देशभर स–साना झडप भएका खबरहरू आइरहेका छन् । बन्दकर्ताले राजधानीमा बिहान सबेरै एक ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । कोटेश्वरबाट कंलकी जानुपर्ने भन्दै ट्याक्सी चढेका दुई जनाले अलि पर पुगेर आफैं चढेको ट्याक...बाँकी

नेपालको ऊर्जाबारे के देखे भारतीय उद्योगले ?

मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी रूपियाँ लगानी गर्ने भएका छन् विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६ सय ३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा ८० अर्ब ६७ करोड १० लाख रूपैयाँभन्दा बढी लगानी गर्न ...बाँकी

उपराष्ट्रपतिले गर्ने भए चीन भ्रमण

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण हुने भएको छ । सरकारले बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनको आसन्न चीन भ्रमण स्वीकृत गरेपछि उनको भ्रमण सुनिश्चित भएको हो । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २८ देखि असार २ गतेसम्म उपराष्ट्रपति पुनले मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गर्...बाँकी

किन ‘गोदे’ मणि थापाले रामबहादुर थापालाई ?

एमाओवादी र वैद्य माओवादीको एउटा पक्षसहित झन्डै दर्जन घटक र समूहबीच एकता भएर हालै गठन भएको नेकपा (माओवादी केन्द्र) को कार्यालय टिम अर्थात् हेडक्वार्टरका एक नेता मणि थापाले सोही पार्टीका अर्का वरिष्ठ नेता रामबहादुर थापालाई ‘मज्जाले गोद्न थालेको’ सोही पार्टीका एक नेताले न्युजकोसेलीलाई बताएका छन् । न...बाँकी

‘कम्युनिस्ट विचार’ ले नयाँ शक्तिमा विवाद !

नयाँ शक्ति नेपालमा कम्युनिस्ट (वामपन्थी) विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको छ । एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचार सहितको पार्टी गठन गर्नुपर्ने पक्षमा देखिएका छन् भने पूर्वप्रशासक, सुरक्षा अधिकारी र कलाकारबाट नयाँ शक्तिमा अाएकाह...बाँकी