newskoseli.Com

इमनी हुठी विद्रोहीद्वारा अरब नेतृत्व गठबन्धनले अस्पतालमा गरेको हमलाको निन्दा

 यमनको हुठी विद्रोही समूहले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा सोमबार गरेको हवाई आक्रमणको निन्दा गरेको छ । हवाई आक्रमणमा अस्पतालमा उपचारारत ११ जनाको मृत्यु भएको थियो । हुठी विद्रोही समूहको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तमिम अल शामीले भने—"द्वन्द्व प्रभावित इलाकामा ‘डक्टर्स विदाउट बोर्डर्सले ...बाँकी

अमेरिकी सैन्य प्रमुख दक्षिण कोरिया

अमेरिकी सेनाका प्रमुखले यसै हप्ता दक्षिण कोरियाको भ्रमण गर्ने भएका  छन् । अमेरिकाको रक्षामन्त्रालयले मङ्गलबार सो जानकारी दिएको छ । अमेरिकी सेनाका प्रमुख जनरल मार्क मिलरी बुधबार दक्षिण कोरिया भ्रमणका लागि जान लागेका हुन् । उनले दक्षिण कोरियाको तीन दिने भ्रमण गर्न लागेका हुन् । दक्षिण कोरियाका ...बाँकी

अमेरिकी प्रख्यात पप गायिका म्याडोना जन्मदिन मनाउन क्युबामा

 अमेरिकी प्रख्यात पप गायिक म्याडोनाले आफ्नो ५८ वर्षको जन्मदिन मनाउन अचानक क्युबा पुगेकी छिन् । दुइदिने भ्रमणका क्रममा त्यहाँ पुगेकी म्याडोनासँग आफ्ना छोराछोरी अन्य केही परिवारका सदस्यका साथै मित्रजनहरु रहेका छन् । निजी विमानबाट क्युबातर्फ लागेकी म्याडोना स्थानीय समयाअनुसार सोमबार साँझ ...बाँकी

हेलिकप्टर दुर्घटना हुँदा पाँच थाई सैनिकको मृत्यु

 उत्तरी थाइल्यान्डमा एक हेलिकप्टर दुर्घटनामा थाइ सैनिक कमान्डरसहित पाँच जना सैन्य कर्मचारीकोे मृत्यु भएको थाइल्यान्डको सेनाले सोमबार पुष्टि गरेको छ । उक्त हेलिकोप्टर आइतबारदेखि खराब मौसमका कारण विमानस्थलबाट सम्पर्क बाहिर गएको थियो । यूएच–७२ नामको हेलिकप्टर थाइल्यान्डको उत्तरी क्षेत्रको पा...बाँकी

क्यास्ट्रोले फेरि गरे ओबामाको आलोचना

यस वर्ष आफ्नो ९०औं जन्मोत्सव मनाइरहेका क्युबाली शीर्ष नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले एउटा लामो पत्र लेख्दै आफ्नो जन्म दिवसको अवसरमा शुभकामना व्यक्त गर्ने सबै क्युबाली नागरिकप्रति आभार प्रकट गरेका छन् । उनले सो पत्रमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको फेरि आलोचना गरेका छन् । क्युबाको...बाँकी

फिलिपिन्समा बाढीबाट ५ को मृत्यु दशौँ हजार विस्थापित

 फिलिपिन्समा केही दिनयता निरन्तररुपमा परेको वर्षापछि आएका बाढीका कारण ५ व्यक्तिको मृत्यु भएको छ । बाढी प्रकोपको कारण दशौँ हजार व्यक्ति विस्थापित भएको उद्धारकर्ताले आइतबार सो जनाकारी दिएका छन् । नागरिक प्रतिरक्षा अधिकारीले मनिला र नजिकैको प्रान्तहरुमा आगामी दिनमा अझ भारी मौसमी वर्षा हुने चेतावनी...बाँकी

पुटिनद्वारा फिडेल क्यास्ट्रोलाई जन्मदिनको शुभकामना व्यक्त

मस्को (रसिया), २९ साउन । रसियाली राष्ट्रपति भ्यालदिमिर पुटिनद्वारा शनिबार क्युवाका क्रान्तिकारी नेता तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलाई उहाँको ९०औँ जन्मदिनको उपलक्ष्यमा शुभकामना दिनुभएको छ । रसियाली प्रशासन केन्द्र क्रेमलिनको वेभसाइटमा पोस्ट गरेको छोटो टेलिग्राम सन्देशमा रसियाली राष्ट्रपति ...बाँकी

डढेलोले स्पेन र फ्रान्स प्रभावित

उत्तरपश्चिमी स्पेनको ग्यालिसिया इलाकाका करिब चार हजार हेक्टर जङ्गल क्षेत्र डढेलोमा परी स्वाहा भएको छ । तीब्ररूपले जताततै डढेलो फैलनुको ठोस कारण नखुले ता पनि यसलाई सो क्षेत्रका पदाधिकारीले ‘असामान्य घटना’ बताएका छन् । स्थानीय पत्रपत्रिकाका अनुसार २० ठाउँबाट आगो फैलिएको र कुनै कुनै ठाउँमा त गत सोम...बाँकी

पत्रकारका हत्यारालाई कारबाहीको माग

 मध्य युक्रेनमा गत महिना मारिएका एक जना प्रसिद्ध पत्रकारको हत्यामा सम्लग्नलाई खोजीगरी कारबाही गर्न पत्रकारहरुले माग गरेका छन् । युक्रेनका वरिष्ठ पत्रकार पाभेल सेरेसमतको गत महिना हत्या गरिएको थियो । फ्रान्सेली समाचार समिति, एएफपीका समाचारदाताले ती पत्रकारका हत्याराको खोजी अहिलेसम्म गर्न नस...बाँकी

अफगानिस्तानमा ३२ जना आइएसका लडाकू मारिए

अफगानिस्तानको पूर्वी नान्गहार प्रान्तको आचे जिल्लामा भएको कारबाहीका क्रममा कम्तीमा पनि ३२ जना आइएसका लडाकू मारिएको समाचार छ । सो कारबाहीका क्रममा ३२ जना लडाकू मारिनुका साथै अरु कम्तीमा पनि दुई दर्जन लडाकू घाइते भएका बताइएको छ । गएको २४ घन्टाभित्र यहाँको सेना र प्रहरीले गरेको कारबाहीका क्रम...बाँकी